दुई राप्रपा बीच एकीकरण पश्चात नवलपुर जिल्ला अध्यक्षमा केसी चयन - समृद्धि खबर

Pages

Breaking

Thursday, October 8, 2020

दुई राप्रपा बीच एकीकरण पश्चात नवलपुर जिल्ला अध्यक्षमा केसी चयन

समृद्धि खबर, गैंडाकोट । 


राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बिच एकीकरणसँगै जिल्ला तहमासमेत नेतृत्व पद विभाजन भएको छ ।  पाटीको कावासोतीमा बुधबार भएको संयुक्त जिल्ला स्तरीय भेलाले दलबहादुर केसीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेका छन् ।



समितिको प्रमुख सल्लाहकार दाताराम पाण्डे, सल्लाहकार लोकनाथ लामिछाने, उपाध्यक्षहरुमा चन्द्रदत्त जैसी, बुद्वि सापकोटा, रामनाथ उप्रेती, धनबहादुर विक, टोपबहादुर सेन, टेकहरी पौडेल, मिना भट्टराई, लालमाया बुढाथोकी, सचिव लालप्रसाद बराल, गुणाखर काफ्ले, कोषाध्यक्षहरुमा केशव चौलागाई, राजकुमार श्रेष्ठ, दयाराम गहतरात, प्रवक्ता विश्व सापकोटा र सहसचिव गोविन्द न्यौपाने चयन भएका छन् ।



क्षेत्र नम्बर १ को अध्यक्ष सन्तोष थापा र २ नम्बर क्षेत्रको अध्यक्ष नुरबहादुर आलेलाई चयन गरेको छ । यसै गरि गैंडाकोट नगर अध्यक्ष जितबहादुर गुरुङ्ग, देवचुलीको किरण ससी सुवेदी, कावासोतीको ऋषीराम अधिकारी र मध्यविन्दुको नगर अध्यक्षमा मोती कुमाल चयन भएका छन ।



भेलाले दुवै पार्टीका जिल्ला सदस्यहरु समायोजन भएपछि बनेको जिल्ला कार्य समितिमा स्वत जिल्ला सदस्य रहने, पाटीमा योगदान पु¥याएका, अन्य पार्टीबाट प्रवेश गरेकालाई जिल्ला सदस्य मनोनित गर्ने, सल्लाहकार दाताराम पाण्डेलाई केन्द्रिय सदस्य मनोनित गर्न आग्रह गर्ने निर्णय गरेको उपाध्यक्ष रामनाथ उप्रेतीले जानकारी दिनुभयो । 



 
पाटीका समायोजन पुर्वका अध्यक्षद्वय दल बहादुर केसी र दाताराम पाण्डेको अध्यता, पाटी केन्द्रिय सम्पादन समिति तथा गण्डकी प्रदेश अध्यक्ष हेमजन गुरुङ्गको प्रमुख आतिथ्यता, सम्पादन समिति केन्द्रिय सदस्य विन्दु पहारीको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्यहरु बलराम थापा, छत्रराज बगाले, रामबहादुर श्रेष्ठ, सीता बस्याल र गण्डकी प्रदेश सदस्य ठाकुर शर्मा डुम्रे लगायतको सहभागीता रहेको थियो ।





No comments:

Post a Comment

Post Bottom Ad