गैंडाकोटमा ७ वर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत - समृद्धि खबर

Pages

Breaking

Wednesday, October 7, 2020

गैंडाकोटमा ७ वर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत

समृद्धि खबर, गैडाकोट, 


पूर्वी नवलपरासीको गैंडाकोटमा ७ वर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत भएकी छिन् । १४ वर्षीय दाजुले आफ्नै ७ वर्षीया बहिनीलाई दिउँसो घरमा कोही नभएको बेलामा बलात्कार गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।


बलात्कार पछि अत्यधिक रक्तश्राव भएपछि घटना बाहिर आएको थियो । बलात्कार गर्ने १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।


बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बालिकाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । 


प्रकाशित मिति ः २२ असोज २०७७ ।





No comments:

Post a Comment

Post Bottom Ad