बियरका पारखीहरुकालागि यतिको फुच्चे अर्ना - समृद्धि खबर

Pages

Breaking

Sunday, September 20, 2020

बियरका पारखीहरुकालागि यतिको फुच्चे अर्ना

भूमिलाल पौडेल, गैंडाकोट । 

यति बु्रअरीले मंगलबार नवलपुरकालागि फुच्चे अर्नाको बोतल सार्वजनिक गरेको छ । फुच्चे भन्नाले एक्स्ट्रा स्ट्रोङ अन्तरर्गत अर्ना ब्राण्डको ३३० एमएलको सानो अर्ना । कम्पनीले यो फुच्चे बोतल नेपालका केहि क्षेत्रहरुमा यसअघि नै लंच गरेको भए पनि नवलपुरमा भने मंगलबारबाट मात्र शुभारम्भ गरिएको कम्पनीका रिजनल म्यानेजर राजेन्द्र बोहोराले बताउनुभयो ।


सोही अवसरमा नारायणगढको श्री भिमसेन मंदिरमा विधिवतरुपमा भिमसेन देवतालाई चढाएर यती बु्रअरी प्रालिको नयाँ उत्पादन अर्ना ब्राण्डको ३३० एमएलको सानो अर्ना बिक्रि–बितरणकालागि शुभारम्भ गरेको हो । भिमसेन तथा भैरव देवतालाई मदिराजन्य पदार्थहरु चढाउने परम्परा रहिआएको छ ।


 यति ब्रुअरीका रिजनल म्यानेजर बोहोराले यसअधि लंच गरिएका स्थानहरुमा यो उत्पादनले बियरका पारखीहरुको मन जितेकाले नवलपुरमा पनि लोकप्रिय ब्राण्ड बन्नेमा विश्वस्त रहेको बताउनुभयो । यति बु्रअरी प्रालिले यसअघि बियरका दर्जनौं सिरिजहरुको उत्पादन गरेको छ ।

 स्थापनाको छोटो समयमा कम्पनीका उत्पादनहरु बजारमा लोकप्रिय भएका छन् । भर्खरै बजारमा लंच गरिएको अर्ना ३३० एमएल बोतलमा आएको छ । यो साईजको उत्पादन ट्रावल गर्दा, क्यारी गर्दा र सामान्य अवस्थामा घर वा रेष्टुराँमासमेत उपयोग गर्न सजिलो भएकोले ग्राहकको छनोटमा पर्ने म्यानेजर बोहोराको तर्क छ । बोहोरा थप्नुहुन्छ – ‘यो सामान्य कन्ज्यूमरको बजेटमा पनि आउँछ ।’


अर्ना ब्राण्डका बितरक माता कालिका सप्लायर्स, गैंडाकोट–४, नवलपुरका संचालक पूर्णप्रसाद शर्माले अर्नाका सबै सिरिजहरु ग्राहकहरुको रोजाईमा परेकाले भर्खरै बजारमा आएको यो उत्पादनले पनि वियरप्रेमीहरुको मन जित्नेमा कुनै शंका नरहेको बताउनुभयो ।


 प्रकाशित मितिः ३१ श्रावण २०७७ ।







No comments:

Post a Comment

Post Bottom Ad