नवलपरासीमा ज्वाँईद्वारा ससुराको हत्या - समृद्धि खबर

Pages

Breaking

Sunday, September 20, 2020

नवलपरासीमा ज्वाँईद्वारा ससुराको हत्या

समृद्धि खबर, गैंडाकोट । 


पूर्वी नवलपरासीमा ज्वाँइले आफ्नै ससुरालाई खुर्पा प्रहार गरी हत्या गरेका छन । कावासोती नगरपालिका वडा नं. १५ सेरगंज बस्ने ३१ वर्षीय सुवास मगरले आफ्नै ससुरा ७३ वर्षीय विष्णु राईलाई आज साँझ ८ः३० वजे खुुर्पा प्रहार गरी हत्या गरेका हुन । खुर्पा प्रहारबाट गम्भिर घाईते भएका राईको उपचारकाक्रममा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पुर्र्वी नवलपरासीले जनाएको छ ।


घाटिमा चोट लागि गम्भिर घाईते भएका राईको उपचारको क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा केहिबेर अघि ज्यान गएको डिएसपी मोहनबहादुर खाँडले बताउनुभएको छ ।


ससुरालाई खुर्पा प्रहार गरेका मगर समेत आफै घाईते भएका छन । ससुरालाई खुर्पा प्रहार गरेपछि उनि आफैले आफैलाई घाईते बनाएको हुनसक्ने प्रहरीको अनुमान छ । ससुराको हत्या गर्ने सुवास मगरको मध्यबिन्दु सामुदायिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ । वादविवादका कारण घटना घटेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।


प्रकाशित मितिः ४ असोज २०७७,  आइतबार । 




No comments:

Post a Comment

Post Bottom Ad