गैंडाकोट नगरपालिका स्मार्ट सिटी बनाउन अभियान तीव्र पार्दै - समृद्धि खबर

Pages

Breaking

Saturday, August 8, 2020

गैंडाकोट नगरपालिका स्मार्ट सिटी बनाउन अभियान तीव्र पार्दै

भूमिलाल पौडेल, गैंडाकोट । 

गैंडाकोट नगरपालिका पूर्णरुपमा डिजिटाइज हुँदैछ । वडासँग जनता, जनतासँग वडा, वडासँग नगर, नगरसँग वडा र नगर क्षेत्र तथा मातहतका विद्यालय तथा स्वास्थ्य प्रतिष्ठानलगायतका क्षेत्रहरू एक अर्कामा नगरसँग लिंक हुनेछन् – नगरपालिकाले ल्याउन लागेको वेभ एप्लिकेशन मार्फत । यसबारे शुक्रवार नारायणि द होटलमा एक कार्यक्रमको आयोजना गरी वेभ एप्लिकेशनका विशेषताहरुको डेमो (नमुना) देखाइयो ।


नगरले निर्माण गरेको वेभ एप्लिकेशनमार्फत नगर तथा वडा कार्यालयहरूले गरेका कार्य तथा अभिलेखहरु उक्त वेव पेजमा संग्रहित हुनेछन् । वेवमा नगरका प्रत्येक नागरिकहरुको व्यक्तिगत विवरण, जन्म–मृत्यु दर्ता, दर्ता र चलानी ‘, पंञ्जीकरण, प्रमाणित पत्र ., सिफारिसपत्र, व्यवसाय तथा करहरू लगायतका शिर्षकहरू र दर्जनौं उप शिर्षकहरुमा समावेश गरिएका छ्न् ।


 एप्लिकेशन मार्फत नगर तथा वडाका उपरोक्त सेवाहरू नगरवासीहरुले घरबाटै लिन सक्ने छन् । जसलाई नगरपालिकाले स्मार्ट सीटी निर्माणको एउटा कडीको रूपमा व्याख्या गरेको छ । 

कmत.नबष्लमबपयतmगल.नयख.लउ वेभ एप्लिकेशनको सम्पूर्ण काम सकिएको र नगर पालिकाले मंजुरी दिएमा यथाशिघ्र लाईभ हुने एप्लिकेशनका डेभलपर शिवकुमार ढकालले डेमो शो का अवसरमा वताए । उनले डेमो शो पछि आएका सुझाव रसल्लाह अनुसार निर्माणाधिन वेव पोर्टलमा आवश्यक थपघट गरिने जानकारी दिए ।


यो पोर्टल सार्वजनिक भएमा नगर पालिकाको कार्यालय तथा वडा कार्यालयहरुलाई पेपर लेसबनाउनमा यस प्रयासले सघाउने र सेवाग्राहीले छिटो छरितो र झंझटरहित तरिकावाट सेवाउपभोग गर्न पाउने छन् । यद्दपी डेमो शोका अवसरमा विविन्न व्यक्तिहरुले दिएको सुझाव र आवश्यक अन्य फिचर्स समावेस गरि तयारी अवस्थामा आउन अझै आठ महिनाको समयलाग्ने नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । वहाले सरकारको ई गभर्नेन्स नीति अन्तरगत गैंडाकोट नगरपालिका नेपालकै पहिलो नगर हुने जानकारी पनि गराउनुभयो । नगरप्रमुख पौडेलका अनुसार झण्डै पाँचकरोड खर्च हुने यो पद्दतीमा नगरपालिकाले प्रारम्भमा पचास लाखको हाराहारीमा बजेट छुट्याइएको र प्रदेश सरकारवाट पनि एक करोडको मागगरिएको छ ।


उद्योग व्यवसाय दर्ता गर्ने, नविकरण गर्ने, करहरू तिर्ने, सिफारिस लिने, जन्म, मृत्यु तथा विवाहदर्ता गर्ने , व्यवसाय बन्द गर्ने जस्ता दर्जनौ कामहरु यो पोर्टल मार्फत नगरवासीले घर तथा कार्यालयमै बसेर सेवा लिन सक्ने छन् । पोर्टल मार्फत वडा तथा नगरले गरेका कामहरू रभएका प्रगतिहरु सार्वजनिक गरिने छ । नगर भित्र संचालित विद्यालयहरुको दैनिक गतिविधिहरुलाई निगरानी राख्न सकिने वेवको विशेषता रहेको छ । जहाँ एचआर विभागका  गतिविधि देखि नगरले बनाएका कानुन र सूचना आदिको अभिलेख संग्रहित हुने छन् ।


वेभ एप्लिकेशनमा वडाका प्रत्येक नागरिकको डेटा संग्रहित गरिने छ । संग्रहित अभिलेखको आधारमा प्रत्येक नागरिकलाई नगरको परिचय पत्र प्रदान गरिने छ । नगरले प्रदान गरेकोपरिचय पत्रमा लगाईएको चिप्सको आधारमा उसका अन्य कागजातहरु (ड्राइभिङ लाइसेन्स, लालपुर्जी, नगरिकता र पासपोर्ट लगायत) सम्पूर्ण डकुमेन्ट जुनसुकै ठाउँबाट हेर्न सकिने छ । नगरको परिचय पत्र भए पछि अन्य कागजात लिएर हिँड्नु नपर्ने वेभ एप्लिकेशनको विशेषतारहेको जनाइएको छ ।


गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विष्णुकुमारी कंडेल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, विभिन्न वडाका वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीहरू तथा संचारकर्मीहरुको सहभागिता थियो ।


प्रकाशित मितिः  २४ साउन २०७७ । 


No comments:

Post a Comment

Post Bottom Ad