थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, कुल मृतक ७३ पुगे - समृद्धि खबर

Pages

Breaking

Saturday, August 8, 2020

थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, कुल मृतक ७३ पुगे

समृद्धि खबर, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरी रहेका विभिन्न प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।


यो सँगै देशभर कुल संक्रमितको सख्ंया २२ हजार ५ सय ९२ पुगेको छ । जसमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।



आज थपिने संक्रमित हरुमा काठमाडौं उपत्यकाका ६२ जना रहेका छन जसमध्ये काठमाडौं जिल्लाका ५६ जना छन बाँकी ३–३ जना ललितपुर र भक्तपुरका रहेको मन्त्रालयले जनाएको छ । 



प्रकाशित मिति ः २०७७ साउन २४ गते ।





No comments:

Post a Comment

Post Bottom Ad