अस्पताल डुलाउँदा डुलाउँदै कावासोतीका एक पुरुषको गयो ज्यान - समृद्धि खबर

Pages

Breaking

Thursday, August 27, 2020

अस्पताल डुलाउँदा डुलाउँदै कावासोतीका एक पुरुषको गयो ज्यान

खगेन्द्र पराजुली, नवलपुर ।


 कोभिड १९ नेगेटिभ देखिएका पूर्वी नवलपरासीको कावासोतीका एक पुरुषको उच्च रक्तचापका कारण ज्यान गएको छ । आज बिहीबार अस्पताल डुलाउँदा डुलाउँदै कावासोती वडा नं. १५ का ४२ बर्षका पुरुषको ज्यान गएको हो । 


साउन २६ गते दुवईबाट आई होम क्वारेन्टाईनमा बसेका ती पुरुषको ३२ गते कुमारी केन्द्रबाट स्वाब सङ्कलन गरी गरिएको परिक्षणमा साउन ३ गते प्राप्त रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा कावासोतीले जनाएको छ । 


आज बिहान करिब ७ बजेतिर अकस्मात् ब्लडप्रेसर बढेपछि घरमै लडेका उनी तत्काल प्यारालाईसिसको अवस्थामा पुगेको प्रारम्भिक उपचारमा संलग्न भई शुरुमै प्रेसर जाँच गरेका स्थानीय मेडिकल सञ्चालक स्वास्थ्यकर्मीले जानकारी दिएको वडा नंं. १५ का वडा अध्यक्ष देवनारायण महत्तोले बताउनुभएको छ । 


प्रेसरले हानेर प्यारालाईसिसको चरण देखिएपछि उपचारका लागी भरतपुरको पुरानो मेडिकल कलेज पु¥याए पनि अस्पतालले भर्ना नलिएपछि त्यहाँबाट फर्काएर नयाँ मेडिकल कलेज सिएमसी ल्याउँदै गर्दा मृत्यु भएकाले घरमै फर्काएर ल्याएको पारिवारिक स्रोतसँग निकट ती स्थानीय स्वास्थ्यकर्मीले दिएको जानकारी वडाध्यक्ष महत्तोले बताउनुभएको छ ।  


वडा अध्यक्ष महत्तोले अहिले शव घरमा ल्याईसकेकाले परिवार ठूलो पीडामा परेकाले परिवारबाटै तत्कालै थप विस्तृत रुपमा बुझ्न नसकिएको बताउनुभयो ।


प्रकाशित मिति ः ११ भदौ २०७७  । 




No comments:

Post a Comment

Post Bottom Ad