पछिल्लो २४ घण्टामा थपिए १ हजार १११ कोरोना संक्रमित - समृद्धि खबर

Pages

Breaking

Thursday, August 27, 2020

पछिल्लो २४ घण्टामा थपिए १ हजार १११ कोरोना संक्रमित

समृद्धि खबर, गैंडाकोट ।

 पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ कोरोना भाइरस (कोभिड १९) का संक्रमित भेटिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।



गएको २४ घण्टा भित्र काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।



यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ  ।



प्रकाशित मिति ः ११ भाद्र २०७७  ।





No comments:

Post a Comment

Post Bottom Ad