देवघाटमा १ सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट - समृद्धि खबर

Pages

Breaking

Saturday, August 15, 2020

देवघाटमा १ सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट

सुवास लामिछाने, देवघाट । 

तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा १ सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ । लकडाउनको समयमा फरक फरक मितिमा अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।


वरामद गरिएको अवैध घरेलु मदिरा देवघाट गाउँपालिकाका प्रवक्ता एवं ५ वडाअध्यक्ष यालबहादुर गुरुङ, विभिन्न पार्टी प्रतिनिधि, पत्रकार र स्थानियहरुको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय देवघाट तनहुँका ईन्चार्ज प्रहरी सहायक निरीक्षक उज्जवलराज चिलवालले जानकारी दिनुभयो ।


२० लिटरको ग्यालिनमा ८ ग्यालिन गरि कुल १ सय ६० लिटर अवैध घरेलु मदिरा देवघाट प्रहरी कार्यालय परिसर भित्र खाल्डो खनेर नष्ट गरिएको प्रहरी ईन्चार्ज चिलवालले वताउनुभयो ।


देवघाट क्षेत्र धार्मिक एवं ऐतिहासिक रुपमा परिचित क्षेत्र भएकाले मदिरा वेचविखनमा कडाई गरिने गरिएको गाउँपालिकाका प्रवक्ताले जानकारी दिनुभएको छ ।


प्रकाशित मितिः ३१ साउन २०७७ ।







No comments:

Post a Comment

Post Bottom Ad