गैंडाकोटमा पैदलयात्रीलाई मास्क वितरण - समृद्धि खबर

Pages

Breaking

Monday, August 10, 2020

गैंडाकोटमा पैदलयात्रीलाई मास्क वितरण

समृद्धि खबर, गैंडाकोट । 


आज (आइतबार) गैंडाकोटको भृकृटीचोकमा पुर्व पश्चिम राजमार्ग प्रयोग गर्ने सवारी चालक र स्थानीय पैदल यात्रीलाई मास्क वितरण गरिएको छ । अहिले कोभिड १९ को प्रभाव बढ्दै गइरहेकाले मास्कको प्रयोगले केहिहदसम्म भएपनि न्यूनिकरणमा योगदान पुग्ने भएकाले जनचेतनामुलक अभियान अन्तर्गत मास्क प्रदान गरिएको जिल्ला उद्योग बाणिज्य संघ नवलपरासीका महासचिव छविलाल कंडेलले जानकारी दिनुभएको छ ।


 उद्योग बाणिज्य संघ नवलपरासी र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त आयोजनामा गरिएको मास्क वितरण कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै संघका अध्यक्ष अमृत भट्टचनले सर्वसाधारणलाई कोरोनाबाट जोगाउनका लागि सहयोग पुग्ने भएकोले पनि यो मास्क वितरण गरिएको बताउनुभयो । मास्क वितरण गर्दा सांकेतिकरुपमा मानिसहरुलाई मास्कको महत्व दर्शाउन सकिने भएकोले पनि मास्कको वितरण गरिएको बताउनुभयो । 


त्यसैगरी उहाँले सबै आम सर्वसाधारणलाई मास्कको प्रयोग गरि आफु र अरुलाई कोरोना महामारीबाट बचाउनका लागि आ–आफ्नो स्थानबाट लाग्न आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख मुनेन्द्र थापाले कोरानाबाट बच्नका लागि मास्कको प्रयोग गर्न सबैलाई आग्रह गर्दै मास्क किन्न नसक्नेहरुलाई निःशुल्क वितरण गर्न जनप्रतिनिधिमुलक संस्थाहरुलाई आग्रह गर्नुभयो ।  


कार्यक्रममा विशिष्ट अतिथि गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष एवं उद्योग बाणिज्य संघ उपाध्यक्ष नवराज कंडेलले मास्क किन्न नसक्नेहरुलाई मास्क वितरण गरी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी, उद्योग बाणिज्य संघका पदाधिकारीहरु लगायत युवा अभियन्ताहरु र पत्रकारहरुको सहभागितामा दुई हजारभन्दा बढी मास्क वितरण गरिएको थियो ।


 सोही अवसरमा मास्क वितरण गरेकोमा रुपन्देहीका सवारी चालक थनिराम चौधरीले धन्यवाद दिदैं विशेष गरी चालकहरुलाई मास्कले संक्रमणबाट जोगिन सहयोग गर्ने बताउनुभयो । त्यस्तै पैदल यात्री गैडाकोट ४ की चन्द्रमाया शर्माले मास्क किनेर लगाउन नसक्नेलाई मास्क दिएकोमा धन्यवाद दिदै गरिव तथा विपन्न वर्गका मानिसहरुलाई मास्क वितरण गर्न आग्रह गर्नुभयो । सो कार्यक्रम संघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षता र महासचिव छवि कंडेलले सहजीकरणमा भएकोे हो । 


प्रकाशित मितिः २६ साउन २०७७ ।   




No comments:

Post a Comment

Post Bottom Ad