चितवनमा थप चार जनामा कोरोना संक्रमण पुष्टि - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 8, 2020

चितवनमा थप चार जनामा कोरोना संक्रमण पुष्टि

समृद्धि खबर, २४ असार २०७७,



 गैंडाकोट । चितवनका थप  चार  जनामा  कोरोना  भाइरस  (कोभिड–१९)  संक्रमण  पुष्टि  भएको  छ  ।


भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (बुधबार) गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका तीन जना र कालिका नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा रहदै आएका भरतपुर महानगरपालिकाको वडा नंं. १७ र १८ का ३०, ३२ र ५५ वर्षीय ३ जना पुरुष रहेका छन् । यस्तै कालिका नगरपालिका वडा नंं. २ जुटपानीका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । ती पुरुषको जुटपानी अस्पतालमा स्वाब संकलन गरिएको हो ।


यस्तै आजै भरतपुरको कोरोना परीक्षण ल्याबमै गरीएको परिक्षणकाक्रमाम गैंडाकोट वडा नंं. १३ का ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती व्यक्ति गैंडाकोटको क्वारेन्टिनमा रहदै आएको नगर स्वास्थ्य शाखा गैंडाकोटका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको हो ।








No comments:

Post a Comment

Post Bottom Ad