कोरोनाबाट विश्वभरमा ५ लाखको मृत्यु, ५८ लाख सङ्क्रमणमुक्त - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 1, 2020

कोरोनाबाट विश्वभरमा ५ लाखको मृत्यु, ५८ लाख सङ्क्रमणमुक्त

समृद्धि खबर, काठमाडौं ।  



पेरिस । कोरोना भाइरसबाट सङ्क्रमित भएर विश्वभरी बुधबारसम्ममा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार संसारभरी मृत्यु भएकाहरुको संख्या ५ लाख १४ हजार ३२२ रहेको छ ।


विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख १२ हजार १० पुगेको छ भने कुल सङ्क्रमितको संख्या १ करोड ६ लाख नाघेको छ ।


कुल सङ्क्रमितहरुको संख्यामध्ये सबैभन्दा धेरै अमेरिकामै रहेको पाइएको छ । अमेरिकामा अहिलेसम्म २७ लाख २७ हजार ९९६ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार १२३ पुगेको छ ।


कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल भएको छ । शुरुमा प्रभावितको सूचीमा पछाडी नै रहेको ब्राजिल अहिले अग्रस्थानमा छ । ब्राजिलमा अहिलेसम्म १४ लाख आठ हजार ४८५ जना सङ्क्रमित भएका छन् भने ५९ हजार ६५६ जनाको मृत्यु भएको छ ।


त्यसैगरी तेस्रो धेरै प्रभावित भएको रुसमा छ लाख ५४ हजार ४०५ जना सङ्क्रमित हुँदा नौ हजार ५३६ जनाको मृत्यु भएको छ ।


सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौमा पेरु, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन् ।


कोरोनाका कारण विश्वभरी सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि मानवीय गतिविधिहरुमा बृद्धि हुन थालेको छ ।


प्रकाशित मिति ः  १७ असार २०७७, बुधबार  ५.०० बजे । 




No comments:

Post a Comment

Post Bottom Ad