गाडी बनाएका सिकर्मी वीरबहादुरलाई गैंडाकोट ६ द्वारा पुरस्कृत - समृद्धि खबर

Pages

Breaking

Tuesday, July 7, 2020

गाडी बनाएका सिकर्मी वीरबहादुरलाई गैंडाकोट ६ द्वारा पुरस्कृत

समृद्धि खबर, २४ असार , गैंडाकोट । 

गैंडाकोट नगरपालिका वडा नं. ६ का एक सिकर्मी वीरबहादुर विकलाई ६ नं. वडा कार्यालयले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । अत्यन्तै पौरखी व्यक्तिका रुपमा कौशलता प्रर्दशन गरेका स्थानीय गैंडाकोट वडा नंं. ६ स्थित शिवनगर टोल बस्ने वीरबहादुरलाई प्रोत्साहन गर्दै सम्मान गरिएको गैंडाकोट– ६ का वडा अध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले बताउनुभएको छ । 


विगतदेखि सिकर्मी पेसा गर्दै आएका वीरबहादुरले डेढ वर्षको मेहेनतले ४ चक्के गाडि बनाएका हुन् । उनले फुर्सदको समयको सदुपयोग गर्दै करिब ५ देखि ७ जनासम्म बस्न मिल्ने गाडि बनाएको समृद्धि खबरलाई बताएका छन् । 
उनलाई मंगलबार नगद रु. २० हजार रुपैयाँ राशीको पुरस्कारबाट वडा कार्यालयले सम्मान गरेको वडा अध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले जानकारी दिनुभएको हो । वडाका सबै जनप्रतिनिधिको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरीएको अध्यक्ष सापकोटाले जानकारी दिनुभएको हो । 

यस्तै उनको सिप र कौशलताबाट प्रभावित भइ गैंडाकोट ६ का एक वडा सदस्यले व्यक्तिगतरुपमा समेत पुरस्कार प्रदान गर्नुभएको छ । यसरी पुरस्कार दिनेमा सोही वडाका वडा सदस्य पवित्रा अधिकारी हुनुहुन्छ  । उहाँले नगद ५ हजार रुपैयाँ प्रदान गर्नुभएको हो । 

यसैबीच सम्मानीत एवं पुरस्कृत भएका वीरबहादुरले वडा कार्यालयको सम्मान पछि आफुलाई धेरै हौसला मिलेको प्रतिक्रिया दिएका छन् । अब आगामि दिनमा थप उर्जावान बन्दै नयाँ अविस्कार गर्न लाग्ने बताए । उनले यस अघि वडा आसपासका मन्दिरमा राखिने भगवानका मुर्तिहरु निर्माण गरिसकेका छन् । 





No comments:

Post a Comment

Post Bottom Ad