गैंडाकोट नगरपालिकाः नगरप्रमुखको कक्षमा ताला लागेपछि नगरका काम प्रभावित - समृद्धि खबर

Pages

Breaking

Saturday, July 4, 2020

गैंडाकोट नगरपालिकाः नगरप्रमुखको कक्षमा ताला लागेपछि नगरका काम प्रभावित

"गैंडाकोट नगरपालिकामा अवरोध जारी" ,


समृद्धि संवाददाता, १९ असार, गैंडाकोट ।  गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको कार्यकक्षमा तालाबन्दि गरेसँगै नगरबासीका कामकाजहरु प्रभावित भएको भन्दै नगरबासीले विरोध गरेका छन् । आर्थिक वर्ष अन्त्यको मिति (असार मसान्त) नजिकिदैं गर्दा नगरप्रमुखको कार्यकक्षमा चाँबी लगाएसँगै नगरपालिकाका महत्वपूर्ण कामकाजहरु प्रभावित बन्दै आएका छन् ।


सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट पारित भएको नगरप्रमुखद्धारा घोषणा भएसँगै असन्तुष्ट रहेका नेपाली कांग्रेस पक्षधर नगरसभा सदस्यहरुले नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतसहित प्रमुखको कार्यकक्षमा तालाबन्दि गरेका थिए । सर्वोत्र विरोध हुँदै गएसँगै असारको १८ गते प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको तालाबन्दि खुलेको छ भने बाँकी प्रमुख र उपप्रमुखको कार्यकक्षमा यथावत तालाबन्दि रहँदै आएको छ ।


नगरपालिकामा यो र त्यो बहानामा तालाबन्दि भएको भन्दै गैंडाकोट १४ का बुद्धिजिवी तेजेन्द्रप्रसाद सापकोटाले तीव्र असन्तुष्टि प्रकट गर्नुभएको छ । उहाँले नाजायज माग राख्दै यसरी पटक पटक नगरप्रमुखको कार्यकक्षमा चाँबी लगाउँदै आएको प्रति गंभिर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले नगरपालिकालाई बन्धक बनाउन योजना बनाई अघि बढ्नुभन्दा बिकास निर्माणमा सहकार्य गर्न सुझाउँसमेत गर्नुभएको छ ।


यसले सबै नगरबासीको भावनामा ठेष पु¥याएको उहाँको भनाइँ छ । यस्तैगरी गैंडाकोट १६ का स्थानीय जगदिस पोखरेलले नगरप्रमुखको कार्यकक्षमा तालाबन्दि गर्दा नगरबासीले सेवा लिन नपाएको उहाँले दुखेसो गर्नुभयो ।
गैंडाकोट १ का ज्येष्ठ अगुवा विष्णुप्रसाद वाग्लेले नगरप्रमुखको कार्यकक्षमा उपप्रमुखकै निर्देशनमा आफु निकटका नगरसभा सदस्यलाई तालाबन्दि गर्न प्रोत्साहन गरेकोमा दुखेसो व्यक्त गर्नुभयो । यस्तो कार्यमा लाग्नुभन्दा विकास निर्माणका कार्यमा मिलेर लाग्न आह्वान गर्नुभयो ।


अराजक जमातलार्ई कानुनी कठघरामा ल्याउनुपर्छ : नगरप्रमुख पौडेल

नगरपालिकाका प्रमुख छत्रराज पौडेलले तालाबन्दि गर्नेहरु प्रति अराजकको शंज्ञा दिनुभएको छ । उहाँले शुक्रबार सञ्चारकर्मी सँग प्रतिक्रिया दिने क्रममा नाजायज माग राख्दै अराजक प्रवृत्ति देखाउँदा नगरबासीले पटक पटक दुःख पाउनुपरेको दोहो¥याउनुभएको थियो । पौडेलले सौहार्दपूर्ण ढंगबाट नगरसभा सम्पन्न भएसँगै नगरपालिकामा अराजकता भित्र्याउन खोज्नु दुभाग्यपूर्ण भएको टिप्पणी समेत गर्नुभयो ।


No comments:

Post a Comment

Post Bottom Ad