बर्दघाट नगरपालिकाको संञ्चार संवाद, विकासमा फड्को मारेको छ ः मयेर वस्याल - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 8, 2020

बर्दघाट नगरपालिकाको संञ्चार संवाद, विकासमा फड्को मारेको छ ः मयेर वस्याल

समृद्धि खबर, २४ असार २०७७, 

कावासोती । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माणका गतिविधि र आगामी वर्षको योजनाका विषयमा सरोकारवाला बीच संञ्चार संवाद कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको संयोजनमा भएको कार्यक्रममा सरोकारवालाहरुले नगरपालिकाले गरेका विकास निर्माणसहितका विभिन्न गतिविधिका विषयमा प्रश्न र सुझाव राखेका थिए ।


प्रश्नको जवाफ दिँदै बर्दघाट नगरपालिकाका नगर–प्रमुख धिरज शर्मा बस्यालले नगरपालिकाले विकासमा फड्को मारेको दाबी गर्नुभयो । हाल सम्म नगरपालिका भित्र ६० किलोमिटर सडक कालोपत्रे भएको र ३ सय किलोमिटर सडक ग्राभेलिङ्ग गरिएको बताउँदै नगर–प्रमुख शर्माले चालु आर्थिक वर्षमा कोरोना कहरका कारण सोचे अनुरुप काम गर्न नसकिएपनि ६५ प्रतिशत भौतिक प्रगति हासिल हुने अपेक्षा रहेको बताउनुभयो । आगामि वर्षमा स्वास्थ्य समस्यालाई व्यवस्थापन गर्दे ९५ प्रतिशत सम्म भौतिक प्रगति गर्ने लक्ष्य राखिएको पनि बताउनुभयो ।


सबैलाई समेटर विकासको पथमा अगाडी बढेको बताउँदै नगरप्रमुख बस्यालले आगामि नयाँ बजेटमा पनि शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिईएको बताउनुभयो । कोरोना कहरका कारण यस वर्ष स्वास्थ्यमा पनि बजेट वृद्धि गर्दे ८ करोड पुर्याईएको र १ सय बेड क्षमताको आईसोलेसन सेन्टर निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।


उपमेयर तथा न्यायिक समिति संयोजक मायादेवि पौडेलले कोरोनाका कारण चालु वर्षमा न्यायिक समितिमा पनि चाप घटेको बताउनुभयो । ३० वटा मुद्धा मात्रै यस वर्ष न्यायिक समितिमा दर्ता भएको बताएपछि सरोकारवालाहरुले न्यायिक समिति प्रति जनताको विश्वासनै गुमेको हो कि भन्ने जिज्ञासामा उपमेयर पौडेलले त्यस्तो नभएको पनि स्पष्ट पार्दै आफुहरुकै निर्णयमा टेकेर अदालतले फैसला गरेको पनि उदाहारण पेश गर्नुभयो ।

कार्यक्रममा सहभागी विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार लगाएत सरोकारवाला र समाजिक संञ्चाज मार्फत विभिन्न विकास निर्माणका कार्य, न्यायिक समितिको भुमिका, क्वारेन्टाईन व्यस्थापन, निजि शैक्षिक संस्थाका कर्मचारीको तलब, बजार अनुगमन, कृषि, रोजगारी लगाएतका विषयमा जिज्ञासा र सुझाव राखिएको थियो । 


पत्रकार महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षतामा भएको संञ्चार संवादको संञ्चालन रेडियो परासीका स्टेशन म्यानेजर बिकास अधिकारीले गर्नुभएको थियो । पत्रकार महासंघले विभिन्न स्थानिय तह संग समन्वय गरि यस्ता संवाद कार्यक्रम गरि स्थानिय तहमा भए गरेका राम्रा कामको उजागर र बेथितीलाई पनि सुर्धान झक्झक्याउने काम गर्ने महासंघका सचिव राजकुमार रेश्मिले बताउनुभयो ।


संवाद कार्यक्रमको पश्चिम नवलपरासीका विभिन्न रेडियो स्टेशनसहित मिडियाहरुले सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण समेत गरिएको रेडियो परासीले समाचार पठाएको छ ।





No comments:

Post a Comment

Post Bottom Ad