गैंडाकोटमा थप ३ जनामा संक्रमण /नगरपालिकाभर कोरोना संक्रमितको संख्या ३२ पुग्यो - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 8, 2020

गैंडाकोटमा थप ३ जनामा संक्रमण /नगरपालिकाभर कोरोना संक्रमितको संख्या ३२ पुग्यो

पूर्णप्रसाद खराल ‘राजन’ , २४ असार, गैंडाकोट । 
पूर्वी नवलपरासीमा थप २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको गैंडाकोट नगरपालिकाका थप ३ जनामा संक्रमण पुष्टि भएको नगर–स्वास्थ्य शाखा गैंडाकोट नगरपालिकाका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ । 


उहाँका अनुसार २२ गते सोमवार स्वाव संकलन गरी हेटौंडा प्रयोगशाला परीक्षणका लागि पठाईएका ६६ जनामध्ये २ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ६४ स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । 


आज पोजेटिभ रिपोर्ट आउने गैंडाकोट वडा नम्वर १ का २० वर्षीय किशोर र ८ का ५७ वर्षीय पुरुष भएको जनाईएको छ । यस्तैगरी भरतपुर स्थित कोरोना परिक्षण ल्याबमा गरीएको परिक्षणका क्रममा थप एक जनामा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । गत असार २१ गते लक्ष्मि मावि अमरापुरी क्वारेन्टाइनमा गरीएको २६ जनाको स्वार्ब संकलनका क्रममा एकजनाको पोजेटिभ र २५ जनाको नेगेटिभ रिर्पोट आएको जनाइएको छ । 


कोरोना पोजेटिभ आउने गैंडाकोट १ का २० वर्षीय किशोर गत असार १७ गते दुबईबाट आएर क्वारेन्टाईनमा बसेका थिए भने ५७ वर्षीय अर्का पुरुष असार १५ गते भारतको दिल्लीबाट आई क्वारेन्टाईनमा बसेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।  


योसँगै गैंडाकोटमा संक्रमित हुनेको संख्या ३२ पुगेको छ भने नवलपुरमा संक्रमण पुष्टि हुनेहरुको संख्या २ सय ६१ पुगेको छ । 

प्रकाशित मिति ः २४ असार २०७७,  बुधबार ।






No comments:

Post a Comment

Post Bottom Ad