देवचुलीमा एक वालकद्वारा झुण्डिएर आत्महत्या - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 8, 2020

देवचुलीमा एक वालकद्वारा झुण्डिएर आत्महत्या

समृद्धि खबर, २५ असार २०७७, गैंडाकोट ।



देवचुली नगरपालिका वडा नं. १४ मा एक १३ वर्षीय वालकले झुण्डिएर आत्महत्या गरेका छन् । हिजो झुण्डिर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।


घरमा गृहकार्य गरिराख्दा अचानक के भएर झुण्डिन पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभएको छ ।


 जनज्योति नमुना माध्यमिक विद्यालय प्रगतिनगरमा कक्षा ७ मा अध्ययन गर्ने कमल वलीले कोठाको ढोका माथिबाट लेभल पाइप प्रयोग गरी झुण्डिएको तामाङको भनाई छ ।



बुवा वैदशिक रोजगारीमा रहनुभएको र पढ्न पनि राम्रो, घरमा पनि अनुशासीत बालकले किन आत्महत्या गरे भन्ने बारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो 






No comments:

Post a Comment

Post Bottom Ad