सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय / ५० प्रतिशत भाडा बढ्यो - समृद्धि खबर

Pages

Breaking

Thursday, July 9, 2020

सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय / ५० प्रतिशत भाडा बढ्यो

समृद्धि खबर, २५ असार २०७७, काठमाडौं ।


सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् । 


सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो जानकारी दिएका हुन् । सरकारको निर्णय अनुसार काठमाडौंमा उपत्यका भित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् । 


मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्नेछन् भने अन्य यातायातका साधन सञ्चालनका लागि समय लाग्ने छ । ट्याक्सीको हकमा चालकबाहेक दुई जना मात्र चढ्न पाउने छन् । 


सरकारले सार्वजनिक सवारी साधनमा आधा मात्र यात्रु चढाउन पाउने निर्णय गरेको छ । सँगै यो निर्णय कार्यान्वयन हुँदासम्म ५० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै अब सार्वजनिक सवारी साधनमा चढ्दा अहिलेको भाडा भन्दा डबल पैसा तिर्नु पर्नेछ । 


लामो दूरीका सार्वजनिक सवारी साधनको विषयमा भने सरकारले कुनै पनि निर्णय गरेको छैन ।






No comments:

Post a Comment

Post Bottom Ad