गैंडाकोटमा पनि प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन - समृद्धि खबर

Pages

Breaking

Friday, July 3, 2020

गैंडाकोटमा पनि प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन

समृद्धि खबर, १९ असार,

गैंडाकोट । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै देशका विभिन्न स्थानमा प्रर्दशनहरुले तीव्रता पाएका छन् । यसैक्रममा आज साझँ पूर्वी नवलपरासीको गैंडाकोट २ स्थित भृकुटीचोकमा समेत उहाँका समर्थकहरुले प्रदर्शन गरेका छन् । 


पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला प्रधानमन्त्री ओलीका समर्थकहरुले पदबाट ओलीलाई हटाउन नहुने भन्दै गैंडाकोटको भृकुटीचोकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले,   ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाइ’,  ‘ओली सिध्याउन किन यत्रो जोड, भारतिय विस्तारबाद नेपाल छोड’ जस्ता नारा नारा अंकित प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।


प्रर्दशनको नेतृत्व गरेका राष्ट्रिय युवासंघ नेपालका जिल्ला संयोजक कृष्ण कंडेलले देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले ओली नेतृत्वको बर्तमान सरकारले पुरा समय काम गर्न पाउनु पर्ने भन्दै सरकार ढाल्नका लागी देशी विदेशी तत्वहरु सकृय रहेकोले खवरदारी गरिएको बताए ।


प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका युवा नेता गिरिराज उपाध्यायले पार्टि भित्रैका कतिपय नेताले ओली सरकार गिराउन षडयन्त्र गरेको भन्दै त्यसको खवरदारी आवश्यक रहेकोमा जोड दिए ।

No comments:

Post a Comment

Post Bottom Ad