आज थप ११८ जनामा कोरोना पुष्टि / संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो - समृद्धि खबर

Pages

Breaking

Friday, July 10, 2020

आज थप ११८ जनामा कोरोना पुष्टि / संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

समृद्धि खबर, २६ असार २०७७, गैंडाकोट । 

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा  ११८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको हो । 


यस अघि बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा ४ हजार ८ सय ६ जनाको नमुना परीक्षण गरिएको छ । 


स्वास्थ्य मन्त्रालयले संक्रमण घट्दै गएको र जनजीवन सामान्य बन्दै जाँदा भिडभाडले अझ खतरा हुने प्रति सचेत गराएको छ । अहिले क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना रहेका छन् भने ८ हजार ६ सय ३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । 


पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने ८ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ ।






No comments:

Post a Comment

Post Bottom Ad