गण्डकीमा थप ३ जनामा कोरोना / संक्रमितको संख्या १ हजार ९१ पुग्यो - समृद्धि खबर

Pages

Breaking

Sunday, July 5, 2020

गण्डकीमा थप ३ जनामा कोरोना / संक्रमितको संख्या १ हजार ९१ पुग्यो

समृद्धि खबर, २१ असार, गैंडाकोट ।

गण्डकी प्रदेसमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । तनहुँका २ जना र बागलुङका १ जनामा कोरोना पुष्टि भएको हो ।


तनहुँको व्यासमा  ६ वर्षीय १ बालक, शुक्ल गण्डककीमा २८ वर्षीय १ पुरुषमा र बागलुङ काठेखोलाका २४ वर्षीय १ पुरुषमा कोरोना पुष्टि भएको हो । 


गण्डकी प्रदेस कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले प्रदेस क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेसमा थप ३ जनामा संक्रमण देखिएको पुष्टि गरेका छन् ।  



यो सँगै गण्डकी प्रदेसमा कोरोना संक्रमित व्यक्तिको संख्या १ हजार ९१ पुगेको छ ।






No comments:

Post a Comment

Post Bottom Ad