अमर साकोस अमरापुरीद्वारा नयाँ सेवाकेन्द्रको शुभारम्भ - समृद्धि खबर

Pages

Breaking

Monday, July 27, 2020

अमर साकोस अमरापुरीद्वारा नयाँ सेवाकेन्द्रको शुभारम्भ

समृद्धि खबर, गैंडाकोट । 

अमर बचत तथा ऋृण सहकारी लिमिटेडको नयाँ सेवाकेन्द्रको सोमबार शुभारम्भ गरिएको छ । गैंडाकोट वडा नं. १५ स्थित बुद्धचोकमा सहकारीको नयाँ सेवाकेन्द्रकारुपमा न्यू जनसेवा सेवाकेन्द्रको आज (सोमबार) एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो । 

कार्यक्रममा गैंडाकोट वडा नं. १५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले रिबन काटेर सेवाकेन्द्रको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले अमर साकोस यस क्षेत्रका सहकारी संस्थामध्ये एक अनुकरणयोग्य सहकारी भएको भन्दै आगामि दिनमा उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो । उहाँले आफ्नो टोलमै सहकारीको सेवाकेन्द्र आएको भन्द्र अभियन्ताहरुप्रति आभारसमेत प्रकट गर्नुभयो । 


संस्थाका अध्यक्ष प्रजापति कंडेलको अध्यक्षता तथा सचिव श्याम सुन्दर लामिछानेको सहजीकरणमा भएको कार्यक्रममा पूर्व अध्यक्ष यमलाल कंडेलले सहकारीका सेयर सदस्यलाई लाभान्वित बनाउन सहकारीको कार्यको प्रशंसा गर्दै आगामी दिनमा आवश्यक परेको खण्डमा थप सेवाकेन्द्र बिस्तार गर्न अमर सहकारी तयार रहनुपर्ने धारणासमेत राख्नुभयो । 


कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष दाताराम पाण्डे, सुन्दरी सामुदायिक वन उपभोक्ता समूह अमरापुरीका अध्यक्ष रामलाल गैंरे, सल्लाहकार गोपी कंडेल, तेजेन्द्रप्रसाद सापकोटा, विनोद मल्ल, कुलप्रसाद अधिकारी, खुमप्रकाश पौडेल,  समाजसेवी व्यक्तित्व भवानीप्रसाद पौडेल, श्याम केसी,  प. शोभाखर गौतम, उमानन्द कंडेल, बलदेव घिमिरे, नवलसिंह गुरूङ, लेखा समिति संयोजक हरिभक्त कंडेल,  ऋण समिति सदस्य जीतबहादुर गुरूङ लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा सहकारीका अध्यक्ष प्रजापति कंडेलले सहकारीले ३६० दिने सेवा केन्द्रिय कार्यालयबाट प्रारम्भ भएको घोषणा समेत गर्नुभएको थियो । 

सहकारीका हालसम्म  ५ हजार भन्दा बढि सेयर सदस्य रहेका छन् भने वित्तिय सेवा प्रदान गर्दै सहकारीका सचिव श्यामसुन्दर लामिछानेले समृद्धि खबरलाई जानकारी दिनुभयो । 

–प्रकाशित मिति :  १२ श्रावण २०७७ । 




No comments:

Post a Comment

Post Bottom Ad