गैंडाकोटमा गरिमा धान पीडित किसानलाई क्षतिपूर्ति प्रदान - समृद्धि खबर

Pages

Breaking

Tuesday, July 7, 2020

गैंडाकोटमा गरिमा धान पीडित किसानलाई क्षतिपूर्ति प्रदान

समृद्धि खबर, २४ असार  २०७७,


गैडाकोट । गैंडाकोट नगरपालिकामा गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । कृषि मन्त्रालयमार्फत विनियोजित रकम सो रकम नगरपालिकाले किसानलाई प्रदान गरेको हो ।





नगरपालिकाका प्रमुख छत्रराज पौडेलले एक कार्यक्रमका बीच गैंडाकोटका किसानलाई प्रतिकट्ठा रु. ६४० का दरले क्षतिपूर्ति रकम उपलब्ध गराउनुभएको हो ।







नगरपालिकाको १० देखि १८ नं वडाका किसान गरिमा धानमा बाला नलागेपछि पीडित बनेका थिए । नगरपालिकाले प्रतिकठ्ठा रु. ६ हजार क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो ।





उहाँले केही नहुनुभन्दा थोरै भए पनि किसानलाई राहत भएकोे र यस वर्षदेखि माटो परीक्षणको व्यवस्था मिलाउने जानकारी दिनुभयो । गत वर्ष नेपालमा गरिमा जातको धान नवलपुर, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ जिल्लामा बढी लगाइएको थियो ।





सो अवसरमा वडा नं १२ का वडाध्यक्ष थीरबहादुर थनेत, वडा नं ११ का वडाध्यक्ष गोविन्द सुवेदी, वडा नं १३ का वडाध्यक्ष पदमलाल पौडेल र वडा नं १० का वडा सदस्य कृष्णप्रसाद सापकोटालगायतको सहभागिता थियो ।रासस







No comments:

Post a Comment

Post Bottom Ad