ट्याक्टरको ठक्करबाट घाईते भएका साईकल यात्रीको अवस्था गम्भिर - समृद्धि खबर

Pages

Breaking

Thursday, July 2, 2020

ट्याक्टरको ठक्करबाट घाईते भएका साईकल यात्रीको अवस्था गम्भिर

अन्जना सुबेदी, १७ असार, सर्लाही ।

गए राती ८ बजे बाग्मती नगरपालिका ५ सोल्टी स्कुल नजिकै ट्याक्टरको ठक्करबाट एक साईकल यात्री बृद्व घाईते भएको छ । ट्याक्टरको ठक्करबाट घाईते हुनेमा बागमती नगरपालिका वडा नं. ५ राईटोल स्थायी घर भएका ५५ वर्षीय कृष्णबहादुर सार्की रहेको प्रहरीले जनाएको छ ।


सोल्ट्री स्कुल नजिकै पूर्वबाट पश्चिम दिशातर्फ जाँदै गरेको लु ३ त ११९३ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउदै गरेका साईकल चालक सार्कीलाई ठक्कर दिएको हो । गम्भिर घाइते भएका सार्कीलाई उपचारका लागि राति नै बिरगन्ज पठाइएको थियो भने ट्याक्टर चालक फरार भएको र ट्याक्टर कस्को हो भन्ने पनि पत्ता नलागेको प्रहरीले जनाएको छ । 


घाइतेको अवस्थाकमा सुधार भइरहेको र फरार चालकको खोजी भइरहेको खाल्टे प्रहरी चौकीका प्रमुख असइ बाबुराम भारतीले जानकारी दिनुभएको छ ।


प्रकाशित मितिः २०७७ असार १८ गते १.३० बजे । 







No comments:

Post a Comment

Post Bottom Ad