थप २९३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो - समृद्धि खबर

Pages

Breaking

Sunday, July 5, 2020

थप २९३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

समृद्धि खबर, २१ असार २०७७, काठमाडौं । 

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ। आइतबार मात्र २ सय ९३ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् ।



पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइन ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ९ हजार २ सय ३ जनाको भने आइसोलेसनमा उपचार भइराखेको छ ।




No comments:

Post a Comment

Post Bottom Ad