हुप्सेकोट गाउँपालिकाका अध्यक्ष पाण्डेद्वारा बाढि-पहिरो प्रभावित क्षेत्रको अनुगमन - समृद्धि खबर

Pages

Breaking

Tuesday, July 21, 2020

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष पाण्डेद्वारा बाढि-पहिरो प्रभावित क्षेत्रको अनुगमन

समृद्धि खबर, नवलपुर । 

हुप्सेकोट गाउँपालिकामा गएराति परेको अबिरल वर्षाका कारण पहिरो गएका क्षेत्रमा गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले स्थलगत निरीक्षण गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष पाण्डेको नेतृत्वको टोलीले आज पहिरो गएको क्षेत्रको अनुगमन गरेको हो । गाउँपालिकाको वडा न १, २, ३  र  ४ को क्षेत्रहरुमा अनुगमन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । 


सम्भब भएका क्षेत्रमा स्थलगत अनुगमन गरिएको र सम्भब नभएका वडाहरुमा फोनमार्फत जानकारी लिएको बताउनुभयो । गाउँपालिकाको वार्ड नं. २ चपाहामा पहिरोका कारण विस्थापित भएका घरपरिवारको उद्धार गरिएकोसमेत उहाँले बताउनुभयो । बिगत २ दिनदेखि परेको अबिरल वर्षाका कारण गाउँपालिकामा पहिरोका कारण गाउपालीका भित्रका ८ वटा घरहरुमा क्षति पुगेको छ । क्षति पुगेका घरहरुको अनुगमन गर्नका लागि गाउँपालिकाले समितिसमेत निर्माण गरेको छ । 


निर्माण गरिएका समितिले आवश्यक बस्तुहरुको रिपोर्ट तयार गरिसकेपछि कार्यहरु अगाडी बढाइने उहाँले बताउनुभयो । त्यस्तै वडा न ३ पहिरोको जोखीमबाट मुक्त रहे पनि डुवानको समस्यामा रहेकोसमेत उहाँले बताउनुभयो ।

 अनुगमनका क्रममा अहिले भयावह स्थिति देखा नपरेको तरपनि आवश्यक पूर्वतयारी बारे पालिकाको ध्यान केन्द्रित गरीने उहाँले जानकारी दिनुभएको छ । 


 प्राकृतीक प्रकोपलाई कसैले पनि रोक्न नसक्ने भन्दै आफ्ना गाउँबासीहरुलाई सचेत रहन आग्रह गर्नुभयो । अनुगमनका क्रममा प्रहरीसहित रेडक्रसका प्रतिनिधी लगायत रहेको बताइएको छ ।






No comments:

Post a Comment

Post Bottom Ad