पटक–पटक विद्युत अवरुद्ध भएको भन्दै सेवाग्राही आक्रोसित - समृद्धि खबर

Pages

Breaking

Tuesday, July 14, 2020

पटक–पटक विद्युत अवरुद्ध भएको भन्दै सेवाग्राही आक्रोसित

समृद्धि खबर, गैंडाकोट । 


एक दिनमै २० पटकभन्दा बढि विद्युत कटौती भएको भन्दै गैंडाकोटसहित नवलपुरका सेवाग्राही विद्युत प्राधिकरण प्रति आक्रोसित बनेका छन् । बिना सूचना एक दिनमै धेरै पटकसम्म विद्युत कटौती हुने,  जाने–आउने गर्दा दैनिक जिवनयापनमा कठिनाई भएको भन्दै नवलपुरका सेवाग्राही आक्रोसित बनेका हुन ।


 नवलपुरमा केहि समय अघिदेखि नै एक दिनको अवधिमै २० पटकभन्दा बढि विद्युत जाने समस्या देखापरेको थियो । सेवाग्राहीहरुले विद्युत प्राधिकरण कतै इन्भरटर र सोलार व्यवसायीसँग कमिसनको चक्करमा त परेको छैन भन्दै आशंकासमेत गर्न थालेका छन् । 


गैंडाकोट वडा नंं. २ का वडा अध्यक्ष ध्रवराम पौडेल स्वयं नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशारण शाखा माथि प्रश्न तेस्राउनुभएको छ । उहाँले प्रश्न गर्नुभयोे, ‘‘कतै प्राधिकरण सोलार र इन्र्भटर व्यवसायीको चङ्गुलमा त फसेन ?’’ उहाँले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल विद्युत प्राधिकरण जनउत्तरदायी बन्दै समयमै सूचना नागरिक समक्ष पु¥याउन आग्रह गर्नुभएको छ । 


दैनिक रुपमा विद्युत अवरुद्ध हुन थालेपछि नवलपुरका स्थानीयहरु सामाजिक सञ्जालमार्फत समेत विद्युत प्राधिकरणलाई गालि गलौज सहित आक्रोस पोख्ने गरेका छन् । 


अब यस्तै स्थिति रहेमा विद्युत प्राधिकरणमा चाँबी लगाउने सम्मका कुराहरु अहिले सामाजिक सञ्जालमा आउन थालेका छन् । 


यसैबीच आज शुक्रबार गैंडाकोटमा दिनभर जसो विद्युत कटौती भएको छ । केहि बेर आउने जाने गरेपनि दिनभर अधिकांश समय विद्युत अवरुद्ध भएसँगै आज गैंडाकोटका सेवाग्राही अत्यधिक आक्रोसित बनेका छन् ।


 लामो समयदेखि यस क्षेत्रमा विद्युत जाने आउने समस्या रहँदै आएको भएपनि आज (शुक्रबार) दिनभर अधिकांश समय विद्युत अवरुद्ध बनेसँगै सेवा पाउनुपर्ने सेवाग्राहीहरुले नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशारण शाखा प्रति आक्रोस पोखेका छन् । 


यता नगरपालिकाको सेवा लिन आएका सेवाग्राहीलाई समेत विद्युत अवरुद्ध हुने समस्याले दिक्दारीमा पर्ने गरेका छन् । शुक्रबार दिनभर विद्युत जाँदा गैंडाकोट नगरपालिका सेवा लिन आएका सेवाग्राहीले कठिनाई झेल्नुपरेको थियो । विद्युतको समस्याका कारण धेरै सेवा ग्राही रित्तै घर फर्कनु प¥यो भने केहिले मात्र सेवा प्राप्त गरेका छन् । सोही सन्र्दभमा समेत नगरबासीहरु दुःखी बनेका थिए । 


गैंडाकोटबासीहरुले कुनै कारणवश विद्युत गएको खण्डमा समेत प्राधिकरणले समयमै सूचना दिनुपर्ने माग राखेका छन् । आगामी दिनमा प्राधिकरणले बिना सूचना विद्युत अवरुद्ध गरेमा कडा प्रतिबाद गर्ने चुनौती समेत दिएका छन् ।


-२६ असार २०७७,






No comments:

Post a Comment

Post Bottom Ad