टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु - समृद्धि खबर

Pages

Breaking

Sunday, July 5, 2020

टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

समृद्धि खबर, २२ असार २०७७, 



काठमाडौं । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ना ७ ख ६५९७ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको ना ५३ प ३३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ठेगाना नखुलेका करिब ५५ वर्षीय सूर्यबहादुर लामाको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।


वीरगञ्ज–हेटौंडा सडकखण्ड अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको आधाभार क्षेत्रमा आइतबार दिउँसो १ बजेको समयमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक लामाको घट्नास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।



डीएसपी गौतमका अनुसार ठक्कर दिने टिपरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको उहाँको भनाइ छ ।






No comments:

Post a Comment

Post Bottom Ad