थप २५५ जनामा कोरोना संक्रमण पुष्टि / कुल संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 8, 2020

थप २५५ जनामा कोरोना संक्रमण पुष्टि / कुल संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

समृद्धि खबर, २४ असार,

गैंडाकोट । नेपालमा थप २ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 


योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयले जनाएको छ ।  प्रवक्ता डा. गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताए । 


यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनहरुमा २५ हजार ४० रहेका छन् ।



सरकारले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ ।


केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो । 









No comments:

Post a Comment

Post Bottom Ad