गैंडाकोट नगरपालिका वडा नं. १४ बन्यो उज्ज्यालो वडा / वडाबासीमा अथाह खुसि - समृद्धि खबर

Pages

Breaking

Saturday, July 18, 2020

गैंडाकोट नगरपालिका वडा नं. १४ बन्यो उज्ज्यालो वडा / वडाबासीमा अथाह खुसि

‘सुगम वडाको विकट गाउँ’ ,सिमलटाँडीमा पहिलोपटक बिजुली बत्ति बल्यो’








पूर्णप्रसाद खराल ‘राजन’, ४ साउन,


गैंडाकोट । गैंडाकोट नगरपालिकाको वडा नंं. १४ उज्ज्यालो वडा बन्न सफल भएको छ । ‘‘सुगम वडाको विकट गाउँ’’ सिमलटाँडीमा १४ नंं. वडा कार्यालय र गैंडाकोट नगरपालिकाको सामुहिक पहलमा विद्युतिकरण सम्भव भएको हो । १० लाख रुपैयाँभन्दा बढिको लागतमा वडा र नगरको पहलमा सिमलटाँडी गाउँमा पहिलो पटक विजुली बत्ति बाल्न सम्भव भएको गैंडाकोट वडा नं. १४ का वडा अध्यक्ष कोकिसरा रानामगरले जानकारी दिनुभएको छ ।










२७ वर्षको प्रतिक्षा पछि पहिलोपटक आफ्नो गाउँमा विजुली बत्ति बलेको भन्दै स्थानीयले खुसि व्यक्त गरेका छन् । वडा अध्यक्ष कोकिसरा रानामगरले पहलमा गाउँमा विद्युत र खानेपानीको समस्या समाधान भएको भन्दै वडाबासीले उहाँप्रति आभार प्रकट गरे ।








निर्वाचनका बेला वडाबासीसमक्ष राखेको बाचाँ पुरा गर्दै वडालाई उज्ज्यालो वडा बनाउन सफल भएको भन्दै स्थानीय शुभकुमारी दर्लामी मगरले वडा कार्यालय र नगरपालिकाप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘२७ वर्षको प्रतिक्षा आज पुरा भएको छ, आफ्नो जिवनकालमा पहिलो पटक धेरै खुसि भए’ , बिजुली बत्तिको अभावमा छोरा छोरीको शिक्षा दिक्षा प्रभावित बनेको थियो ।’’










लामो प्रतिक्षा पछि उज्ज्यालो देख्न पाएको भन्दै जीवनकालको सर्वाधिक खुसिको क्षण भएको अर्का स्थानीय चिलिमाया दर्लामीले बताउनुभयो ।






अत्यधिक पातलो बस्ति रहेको सिमलटाँडीमा बिधुतिकरणका लागि वडा कार्यालयसँगै नगरपालिका कार्यालय र स्थानीय समाजसेवी श्यामबहादुर केसीको सहयोग रहेको अध्यक्ष कोकिसराले जानकारी दिनुभयो । उहाँले सम्बद्ध निकायहरुको समन्वय भएमा ठूला कामपनि सहजरुपमा सम्पन्न हुने विश्वास जागेकोे बताउनुभयो ।












कोकिसरा राना वडा अध्यक्षमा विजयी भएसँगै ३ वर्षको अवधिमा सिमलटाँडीमा मात्र हैन वडाको करिब ९ किलोमिटर क्षेत्रमा ४ सय ५० बढि बिद्युत पोल बिस्तार गरिएको छ । वडा नंं. १४ को भागर, नगरटाँडी, सालघारी र भेलनटाँडीका विभिन्न भागमा विद्युतिकरण गर्दै उज्ज्यालो वडा बन्न सम्भव भएको वडा कार्यालयले जनाएको छ ।










No comments:

Post a Comment

Post Bottom Ad