सरकार ढाल्न पाइँदैन भन्दै माइतीघरमा युवाहरुद्वारा प्रदर्शन - समृद्धि खबर

Pages

Breaking

Thursday, July 2, 2020

सरकार ढाल्न पाइँदैन भन्दै माइतीघरमा युवाहरुद्वारा प्रदर्शन

समृद्धि खबर, १९ असार २०७७, 


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उत्रिएका हुन् । 

जय महाकाल लेखिएको टिसर्ट लगाएका युवाहरुले प्रधामन्त्री केपी शर्मा ओलीलाई नै निरन्तररुपमा प्रधानमन्त्रीका रुपमा टिकाइराख्न दबाव दिनुपर्ने बताएका थिए । युवाहरुको नेतृत्व गरेका जय महाकाल युवा समूहका अध्यक्ष लिालानाथ भण्डारीले अहिलेको सन्र्दभमा ओली नै उत्तम विकल्प भएकाले उहाँलाई हटाउन नहुने धारणा राखे । 


युवाहरुले सबै पक्षबाट भएका कमि कमजोरीहरु सच्चाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।


प्रकाशित मितिः २०७७ असार १८ गते १.३० बजे ।






No comments:

Post a Comment

Post Bottom Ad