सपनाहरूको युद्ध - कविता - समृद्धि खबर

Pages

Breaking

Saturday, July 4, 2020

सपनाहरूको युद्ध - कविता

–तेजेन्द्रप्रसाद सापकोटा, गैंडाकोट–१६, अमरापुरी ।


सपनाहरूको युद्ध
कविता




युध्द तयारीका
सिपाहीहरू झै
यतिबेला
परेट खेलिरहेछन्
सपनाहरू
सपनाको बिरुध्दमा
धावा बोल्नेहरू
अककध्यारो रातलाई तन्काएर
कालो युगको
उद्यम चलाइरहेछन्
खिलखिलाउककदा सपनाहरू अल्झाउन
तानहरू लगाएर
माकुराले झै बुनिरहेछन्
दिगभ्रमका सन्जालहरू।


इतिहासका प्रत्येक चोकहरूमा
उठेका
सपनाका जुलुसहरू
युध्दका हतियारहरूमा
धार लगाइरहेछन्
युग जित्ने युध्दमा
कठोर बन्दैछन् सपनाहरू
अवरोधका पर्खालहरू भत्काउन
सुरुङका फेदीहरूमा
खोल्दैछन् बारुदको कारखाना ।


अव,
घरघरबाट
टोलटोलमा
हरेक बस्तीबस्तीहरूमा
सपनाका हिमायती लस्करहरू
उठ्नु पर्छ
महाभारतको युद्ध जस्तै
निर्मम हुनुपर्छ
युग जित्ने सपनाहरूको युध्द
भत्काउनु पर्छ
रातका निशाचरहरूको उद्यम
च्यात्नु पर्छ
जालोको अल्झन
ध्वस्त पार्नुपर्छ
निशाचरका मंजिलहरू
अनि मात्र कोरिनेछन्
सपनाका आकारहरू
अनि मात्र उदाउनेछ
सपनाको रातो बिहान ।



मुक्तक ः
–तेजेन्द्रप्रसाद सापकोटा
गैंडाकोट–१६, अमरापुरी ।
कालो, गोरो थाहा हुन्छ, मुखको मुकुन्डो खोलेपछि !
औकात सबै थाहा हुन्छ, दुइवटा कुरा बोलेपछि  !!
कति कर्कश रवाफ त्यो, बादलको चट्याङ जस्तो,
मन पनि डढ्दो रहेछ, बैरी मुखले पोलेपछि  !!!

(कतिपय मान्छेहरू नि !)


No comments:

Post a Comment

Post Bottom Ad