गैंडाकोट नगरपालिका ः जसले लगाए ताला उसैले खोले - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 1, 2020

गैंडाकोट नगरपालिका ः जसले लगाए ताला उसैले खोले

पूर्णप्रसाद खराल राजन, १८ असार, गैंडाकोट ।




गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको तालाबन्दि खुलाइएको छ । बिहीबार गैंडाकोट नगरपालिका पुगेर असन्तुष्ट रहेका नगरसभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको तालाबन्दि खोलेका हुन् । यद्यपी नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाइएको तालाबन्दि भने यथावत छ ।



गत असार १६ गते नीति तथा कार्यक्रम र बजेट पारित भएपछि असन्तुष्ट रहेका कांग्रेस पक्षिय नगरसभा सदस्यहरुले ३ वटा कार्यकक्षमा तालाबन्दि गरेका थिए । जनप्रतिनिधि भएर जनताले सेवा लिने ठाउँमा तालाबन्दि गरी दैनिक सेवाहरु नै बन्द गरिदिदैं उनीहरुको सर्वोत्र आलोचना भएको थियो ।

साथै हिजो नगरपालिकामा सेवा लिन आएका सेवाग्राही पनि रित्तो फर्किन बाध्य भएपछि समृद्धि खबर डटकमले पहिलो पटक सो बारेको समाचार प्रकाशन र प्रशारण गरेको थियो ।


असारको मसान्त नजिकिदैं गर्दा यस आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरको बजेट बिनियोजन, आन्तरिक कामकाज सहित कोरोनाको महामारी फैलिरहँदा अन्यन्त्र जानुपर्ने नगरबासीले सबारी पासका लागि सिफारिस बनाउन आउनेको हिजोआज दैनिक भिड लाग्ने गरेको छ ।


चौतर्फी दवाव परेपछि नेपाली कांग्रेस गैंडाकोट नगरसमितिले तालाबन्दि गर्नेहरुसँग छलफल गरी प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दि खोल्न सहमत गराएको नेपाली काङ्ग्रेस गैंडाकोटका नगर सभापति तारापति खरेलले बताउनुभयो ।



राजनीतिक मुद्धालाई लिएर कर्मचारीलाई नमुछ्नुस् ः प्रमुख प्रशासकीय अधिकृत आचार्य

ताला खोल्न जम्मा भएका नेपाली कांग्रेस पक्षिय जनप्रतिनिधि र पार्टिका प्रमुख नेताहरु नगरपालिका परीसरमा जम्मा भएका थिए । कार्यालय समयमा पुगेका नगरपालिकाका कार्यालय प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यसँगै कार्यकक्षमा पुगेका थिए ।

चाँबी खोल्नु अघि प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफ्नो कार्यकक्षमा तालाबन्दि गर्नु र खोल्नुको औचित्य स्पष्ट पार्न आग्रह गर्नुभएको थियो ।  कर्मचारीहरु सबैको साझाँ भएकाले राजनैतिनक मुद्धालाई लिएर आफ्नो कार्यकक्षमा लगाइएको तालाबन्दिलाई लिएर उहाँले सन्तुष्टिसमेत व्यक्त गर्नुभएको छ । नेतृत्वकर्ताहरुले जे नियम बनाउछन् त्यसैको कार्यान्वय गर्ने र कानुन सम्बत छ कि छैन हेर्ने दायित्व आफुहरुको भएकाले तालाबन्दि किन गरियो ? उहाँको प्रश्न थियो ।


 असन्तुष्ट र सन्तुष्ट दुवै पक्षले नगरसभामा आफुलाई कानुनी अवस्थाको बारेमा प्रस्ट्याउन आग्रह नै नगरेको र नगरप्रमुखले समेत त्यो अवसर नदिनुभएको भन्दै उहाँले यसरी जनतलाई सेवा दिने ठाउँको कार्यकक्ष बन्दले सबै कर्मचारीहरुको आत्मबल हतोत्साहित भएको बताउनुभयो ।


 ३४ वर्षे सरकारी सेवाका क्रममा विभागहरुबाट आफुहरुले उत्कृष्ट कार्यसम्पादन गरेको नजिर रहिरहँदा जनप्रतिनिधिहरुले गहिराईको कुरा नबुझि कार्यकक्षमा ताला लगाउँदा दोस्रो पटक पुनः आफु  दुःखी भएको बताउनुभयो ।






No comments:

Post a Comment

Post Bottom Ad