गैंडाकोट नगरपालिकाका अगुवा कृषकलाई टनेल प्लाष्टिक प्रदान - समृद्धि खबर

Pages

Breaking

Saturday, July 4, 2020

गैंडाकोट नगरपालिकाका अगुवा कृषकलाई टनेल प्लाष्टिक प्रदान

पूर्णप्रसाद खराल राजन, २० असार, गैंडाकोट । 

गैंडाकोट नगरपालिकाले वडा नं. १३ स्थित एक कृषक समूहलाई टनेल बनाउने प्लाष्टिक प्रदान गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्षको बजेटबाट अगुवा कृषक महिलाहरुलाई टनेल प्लाष्टिक वितरण गरिएको हो । नगरपालिकाका प्रमुख छत्रराज पौडेलले सो टोलमा आयोजित एक कार्यक्रमका बीच समूहका १२ जना अगुवा कृषक महिलाहरुलाई प्रति व्यक्ति १–१ थान टनेल प्लाष्टिक प्रदान गर्नुभएको हो ।



शिर्जना महिला समुहका कृषक दिदीबहिनीलाई १० मिटर लम्बाई र ६ मिटर चौंडाइँ साईजको टनेल प्लाष्टिक प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका नगर–प्रमुख पौडेलले कृषकहरुका पक्षमा आफुले कुनै कसर बाँकी नराख्ने गरी अघि बढेको बताउनुभयो । 


उहाँले कृषि सामग्रीको प्रयोगबाट उत्पादनमा बृद्धि गर्न, लागत घटाउन सो हस्तान्तरण गरिएको बताउनुभयो । महिलाहरुलाई यहाँको उत्पादनले कम्तिमा ४ वटा वडालाई पुग्ने गरी उत्पादन गर्न आग्रह गनुभएको थियो । यस्तैगरी उहाँले कृषकहरुलाई परम्परागत कृषि पद्धतिमा केहि सुधार गरी प्रविधिको प्रयोग गर्दै धेरै उत्पादन गरि आर्थिकरुपमा लाभान्वित बन्न शुभकामना दिनुभयो । उहाँले उत्पादन बृद्धि भए आयआर्जनमा समेत सुधार हुने विश्वाससमेत व्यक्त गर्नुभयो । 


सोहीक्रममा कृषकहरुले नगर–प्रमुख पौडेलसमक्ष टनेल घर बनाउन सहयोग गर्न र हाते ट्याक्टरसमेत प्रदान गर्न आग्रह गरेका थिए । सोहीक्रममा नगर–प्रमुखले कृषि कर्ममा योगदान दिइ व्यवसायिक खेति गरेमा आगामी आर्थिक वर्ष भित्रै कृषि यन्त्र ः हाते ट्याक्टर र अन्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।


हस्तान्तरण कार्यक्रममा महिला समूहकी अध्यक्ष बालकुमारी चौंधरीले आफुहरु १७ –१८ वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेति गर्दै आएको भएपनि विगतमा नगरपालिकाबाट पर्याप्त सहयोग नपाएको भएपनि अहिले नगरको तर्फबाट सहयोग पाएकोमा खुसि व्यक्त गर्नुभयो । उहाँले नगरप्रमुख समक्ष आफुहरुको अवस्थाबारे जानकारी दिदैं अब थप उत्साहित भइ तरकारी खेति गर्ने बताउँदै आफुजस्तै कृषकहरुलाई प्रोत्साहन गर्न आहव्वान गर्नुभएको थियो । 


करिब ६० हजार रुपैयाँको लागतमा टनेल प्लाष्टिक प्रदान भएको कृषि शाखाका प्राविधिक निर्मला चौधरीले जानकारी दिनुभएको छ । कार्यक्रममा गैंडाकोट १३ का वडा सदस्य छविकला पाण्डे, समृद्धि खबर पत्रिकाका प्रकाशक पूर्णप्रसाद खराल राजन लगायतको आतिथ्यता रहेको थियो । 


यस अघि नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि यन्त्र प्रदान गरेको थियो भने विभिन्न प्रजातीका फलफुलका विरुवा, निःशुल्करुपमा विऊ विजन वितरण, च्याउ खेतिका १७ वटा घर प्रदान , ठूला टनेल वितरणलगायतका कार्य गरिसकेको कृषि शाखाले जनाएको छ ।  






No comments:

Post a Comment

Post Bottom Ad