प्रधानमन्त्री ओलीको समर्थनमा गैंडाकोटका युवाहरुद्वारा प्रर्दशन - समृद्धि खबर

Pages

Breaking

Friday, July 3, 2020

प्रधानमन्त्री ओलीको समर्थनमा गैंडाकोटका युवाहरुद्वारा प्रर्दशन

समृद्धि खबर, १९ असार २०७७, गैंडाकोट ।


 प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन भन्दै गैंडाकोटका युवाहरुले आज सडकमा प्रर्दशन गरेका छन् । नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न र आफ्नो भूमि हस्तक्षप गर्न चलखेल गरेको भन्दै उनीहरुले आरोप लगाएका छन् ।


आन्दोलनका क्रममा युवाहरुले विभिन्न खाले नारा समेत लगाएका थिए, सोही क्रममा ‘आज हैन भोलीलाई , हाम्रो समर्थन ओलीलाई’ , ‘देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्रमाथि’ , ‘भारतिय विस्तारबाद मुर्दावाद’ लगायतका नाराहरु लगाएका थिए ।


प्रर्दशनकाक्रममा गैंडाकोट  नगरपालिका वडा नंं. १०, १२ , १३ का करिब ५० जना युवाहरु सहभागी भएको जनाइएको छ ।








No comments:

Post a Comment

Post Bottom Ad