गैंडाकोटको अपाङग जीवन विकास संस्थालाई लायन्स क्लबद्वारा सहयोग - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 1, 2020

गैंडाकोटको अपाङग जीवन विकास संस्थालाई लायन्स क्लबद्वारा सहयोग

समृद्धि खबर, १७ असार, गैंडाकोट ।

लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटीले गैंडाकोट वडा नं. १ स्थित अपाङग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गरेको छ । क्लबले चामल २ बोरा, दाल ५ केजी, १ बोरा आलु, भुजा १ बोरा, तेल ५ लिटर, नुन २ पोका, सोयाविन १ बोरा संस्थालाई हस्तान्तरण गरेको लायन्स क्लब अफ बागेश्वरी गैंडाकोट सिटीको वर्ष २०२० र २०२१ का अध्यक्ष भानु रिमालले जानकारी दिनुभएको छ । 


क्लबले लायोनल वर्षको सुरुवातकै दिनपारेर क्लबको हङ्गर रिलिफ प्रोग्राम अन्तर्गत बुधबार (आज) सहयोग गरिएको अध्यक्ष रिमालले जानकारी दिनुभएको छ । उहाँले यसरी मानवीय सेवाबाट यात्रा गर्दा खुसी लागेको अनुभव साट्दै आगामी दिनमासमेत यस्तै मानवीय कार्य गर्दै जाने बताउनुभयो । 


असहय तथा अपाङ्गता भएका व्यक्तिहरुको संरक्षणमा योगदान दिंदै आएको संस्थालाई आफ्नो तर्फबाट सहयोग गर्न पाउँदै खुसी लागेको रिमालले बताउनुभएको थियो । 


कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी टु नेपालका प्रथम भिडिजी एमजेएफ रामप्रसाद भट्टले पहिलो कार्यक्रम नै मानविय सेवाको लागि समर्पित भएकोे भन्दै आगामी दिनमा निरन्तरता दिन आग्रह गर्नुभएको छ ।


कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष एवं यस एरियाका रिजन चेयरपर्सन नवराज कंडेल, पूर्व अध्यक्ष एवं जोन चियरपर्सन मेघराज कंडेल, निवर्तमान अध्यक्ष दुर्गाप्रसाद चालिसे, लायनकर्मी नविन अधिकारीलगायतको उपस्थिति रहेको थियो । 


यसैबीच संस्थाका सञ्चालक बालकृष्ण सापकोटाले लायन्स क्लबले संस्थामै पुगेर संस्थालाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ । 





No comments:

Post a Comment

Post Bottom Ad