सुन्दरी सामुदायिक वन समूहद्वारा विपन्न परिवारलाई बाख्रा वितरण - समृद्धि खबर

Pages

Breaking

Tuesday, July 21, 2020

सुन्दरी सामुदायिक वन समूहद्वारा विपन्न परिवारलाई बाख्रा वितरण

समृद्धि खबर, गैंडाकोट । 

सुन्दरी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट (१४–१७) अमरापुरीले समूह भित्रका विपन्न उपभोक्तालाई निःशुल्क बाख्रा वितरण गरेको छ । वन समूहले आर्थिक वर्ष २०७६/ २०७७ को गरिव–विपन्न कार्यक्रम अन्तर्गत रहेर समूहका ३४ जना उपभोक्तालाई बाख्रा वितरण गरेको वन समूहका अध्यक्ष रामलाल गैंरेले जानकारी दिनुभएको छ । 


समूहले गरिव–विपन्न कार्यक्रम अन्तर्गत उनीहरुको आय आर्जनमा टेवा पु¥याउने उद्धेश्यले बाख्रा वितरण गरेको हो । ३४ जना उपभोक्तालाई १–१ वटा लोकल जातको बाख्रा वितरण गरिएको छ । गैंडाकोट नगरपालिका वडा नं. १४ देखि १७ भित्रका छनौटमा परेका ३४ जना विपन्न उपभोक्तालाई प्राथमिकता दिई बाख्रा वितरण गरिएको समूहको पशुपालन उपसमितिका संयोजक बुद्धिराम गिरीले समृद्धि खबरलाई बताउनुभयो । 


वन संरक्षणका क्षेत्रमा उत्कृष्ट कार्य गर्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेकोे सामुदायिक वन समूहले विगतदेखि नै विपन्न उपभोक्तालाई लक्षित गरी विभिन्न लोकप्रिय कार्य गर्दै आएको समूहका अध्यक्ष गैरेले जानकारी दिनुभएको छ । 


समूहले यस वर्ष विपन्न उपभोक्तालाई लक्षित गर्दै विपन्न वर्गका ३ वटा घर निर्माण गरी हस्तान्तरण गर्ने कार्यक्रम बनाएको समूहका सचिव राधा पाण्डेले जानकारी दिनुभयो । 

यस अघि नै ३१ वटा घर निर्माण गरी विपन्न उपभोक्तालाई हस्तान्तरण गरेको समूहले विपन्न उपभोक्तालाई बाख्रा पालन, बुङ्गुर पालन, सिलाई कटाई जस्ता कार्य गर्न प्रोत्साहन गर्दै उनीहरुको आय आर्जन बृद्धि गर्ने अभियान चलाइरहेको सचिव पाण्डेले जानकारी दिनुभयो । समूहले यस क्षेत्रका किसानलाई लक्षित गर्दै केहि दिनमा घाँसको विउँ वितरण गर्ने वन समूहका कार्यालय सचिव रामजी घिमिरेले जानकारी दिनुभयो ।


–प्रकाशित मितिः ६ साउन २०७७ । 





No comments:

Post a Comment

Post Bottom Ad