भरतपुरमा एक युवतीले फेसबुक लाइभ गरी गरिन आत्महत्या - समृद्धि खबर

Pages

Breaking

Sunday, July 5, 2020

भरतपुरमा एक युवतीले फेसबुक लाइभ गरी गरिन आत्महत्या

समृद्धि खबर, २१ असार, चितवन । 


चितवनको भरतपुर महानगरपालिकाकमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । भरतपुर महानगरपालिका वडा नंं. १० स्याउलीबजारमा गए राती (शनिबार) ९ः४५ बजे एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी हुन् । 


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कोठा भाडामा लिएर बसेकी १९ वर्षीय युवती विद्या पाण्डेले फेसबुकमै लाइभ गरेर आत्महत्या गरेकी हुन् । उनको स्थाइ ठेगाना भरतपुर २४ रहेको प्रहरीले जनाएको छ । उनीसँग अन्य दुईजना युवती पनि बस्ने गरेकोमा उनीहरु कोठा बाहिर रहेको अवस्थामा भित्र पसेर लाइभ गरी आत्महत्या गरेको प्रहरीको भनाइ छ । 


मृतकको कोठाबाट लागूऔषध सिरिन्ज बरामद गरिएको थियो । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर शुभाष भट्टले जानकारी दिए । यस अघि केही दिनअघि मात्र फेसबुक लाइभ गरेर दाङमा अर्की युवतीले आत्महत्या गरेकी थिईन् ।






No comments:

Post a Comment

Post Bottom Ad