विद्युत कटौती विरुद्द विरोध प्रदर्शन / समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी - समृद्धि खबर

Pages

Breaking

Thursday, July 9, 2020

विद्युत कटौती विरुद्द विरोध प्रदर्शन / समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी

समृद्धि खबर, २४ असार २०७७, बुधबार,


नवलपुर । केही समययता भइरहेको अनियमित विद्युत कटौती विरुद्द हरिवनमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । 


ईलाका प्रशासन कार्यालय हरिवन अगाडी बुधबार बिहान विद्युतका समस्या लेखिएका प्लेकार्ड बोकेर युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । उनिहरुले तत्काल विद्युत समस्या समाधानको माग गर्दै ईलाका प्रशासन कार्यालय मार्फत प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई ज्ञापनपत्र समेत बुझाएका छन् 


दिनमा २० पटकभन्दा बढी विद्युत कटौती हुन्छ, अनि आईहाले पनि अत्यन्त न्युन भोल्टेज हुन्छ”, हरिवनका युवा युवराज भण्डारीले गुनासो गरे, ‘‘प्रचण्ड गर्मी मौसममा दिनमा दर्जनौंपटक विजुली जाँदा आम उपभोक्ता मारमा परिरहेका छन्, अनलाईन पढनुपर्ने विद्यार्थी पढ्नबाट बञ्चित भईरहेका छन् ।”


लकडाउन पूर्ण रुपमा नखुलेकाले उद्योग कलकारखाना लगायत सम्पूर्ण व्यवसाय सुचारु नभएको अवस्थामा पनि विजुली कटिरहने र आईहाले पनि अत्यन्त न्युन भोल्टेजको समस्या देखिनु बिडम्बना भएको उपभोक्ताहरुको गुनासो छ । युवाहरुले प्रजिअ जिसी समक्ष बुझाएको ज्ञापनपत्रमा विद्युत समस्याबारे तत्काल छानविन गरि समाधान गर्न आग्रह गर्दै  त्यस्तो नगरिए आकस्मिक रुपमा कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन् ।


नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले भने विजुली गइरहने समस्या जिल्लाको नभई केन्द्रीय प्रशारण लाइनकै खराबी भएको बताउँदै आएको छ । जिल्लामा विद्युतीय उपकरण निकै पुराना रहेका र रौतहटको चन्द्रनगाहपुरबाट लामो जंगल छिचोल्दै लाईन ल्याउनु पर्दा पनि समस्या बारम्बार आइरहने गरेको प्राधिकरणको दावी छ ।

(तस्बिर ः उज्यालो अभियान)





No comments:

Post a Comment

Post Bottom Ad