संस्थागत विद्यालयका शिक्षक यूूज एन्ड थ्रो - समृद्धि खबर

Pages

Breaking

Tuesday, July 21, 2020

संस्थागत विद्यालयका शिक्षक यूूज एन्ड थ्रो


अहिले संस्थागत विद्यालय र त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरु यूूज एन्ड थ्रोको अवस्थामा पुुगेका छन् । सरकारले संस्थागत विद्यालयलाई देशको शिक्षा क्षेत्रको गुुणस्तरवृद्धि गर्नका लागि यूूज (प्रयोग) गरेर थ्रो गरेको वा फाल्दिएको अवस्था छ भने त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरुलाई संस्थागत विद्यालयका सञ्चालकहरुले बौद्धिक शोषण गरेर लुुट्नुुसम्म लुुटेपछि रद्धीको टोकरीमा थ्रो गरेको अथवा फाल्दिएको अवस्था छ । 

अहिले संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुलाई सरकार र संस्थागत विद्यालय सञ्चालकहरुको अहमता र घमण्डले गर्दा मर्नुु कि बाँच्नुुको अवस्थामा पुु¥याएका छन् । संस्थागत विद्यालयले शिक्षाको क्षेत्रमा पुु¥याएको महत्वपूर्ण योगदानलाई सरकारले पनि चटक्कै बिर्सिएको छ भने संस्थागत विद्यालयलाई सफलताको शिखरमा पुु¥याउने तिनै शिक्षक कर्मचारीहरुको बलिदानीलाई संस्थागत विद्यालयका सञ्चालकहरुले पनि भुुसुुक्कै बिर्सिएको अवस्था छ ।

सरकारले संस्थागत विद्यालयलाई सधैं सौतेनी व्यवहार ग¥यो भने संस्थागत विद्यालय सञ्चालकहरुले पनि त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरुलाई सधैं आफू साहूू र शिक्षक कर्मचारीहरुलाई नोकरको रुपमा लिइरह्यो ।  जो होचो उसको मुुखमा घोचो भनेझैं सरकारले संस्थागत विद्यालयलाई सधैं घोचिरह्यो भने संस्थागत विद्यालय सञ्चालकहरुले त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरुलाई सधैं शोषण गरिरहे । हामी त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरु सधैं यी ठूूला गोरुहरुको जुुधाइमा किचिने, थिचिने,  मिचिने र मारिने साना लुुखुुरे बाछा भयौं । 



    सत्ता परिवर्तन भयो तर आसन परिवर्तन भएन, शासन परिवर्तन भयो तर शासक परिवर्तन भएनन् , व्यवस्था परिवर्तन भयो तर विचार परिवर्तन हुुन सकेन । जसको परिणति आज हामीजस्ता शोषित , पीडित , दमित नेपाली जनताले भोग्नुु परिरहेको छ । शासक र शोषित, पीडक र पीडित, साहूू र आसामीको मानसिकता नेपाली समाजबाट कहिले पनि हट्न सकेन । शासन, सत्ता र सम्पत्ति आफूूसँग भएकाहरुले सधैंभरि शासन , सत्ता र सम्पत्ति आफूूसँग नभएकाहरुलाई शोषण, दमन , अत्याचार गरिरहने प्रवृत्ति यो नेपाली समाजबाट कहिल्यै निर्मूूल हुुन सकेन बरु सत्ता, शासन , व्यवस्था परिवर्तनसँगै यस्ता कुुराले मलजल पाएको छ । यस्ता विकृति र व्यथितिहरु अझ चरमोत्कर्षमा पुुगेको मैले महसुुस गर्न थालेको छुु ।

 संस्थागत विद्यालयको हालको अवस्था यही शासक र शोषित बीचको भिन्नताको परिणाम नै हो । संस्थागत विद्यालयका सञ्चालकहरुले आफूूलाई साहूू ठान्ने र त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरुलाई दास ठान्ने अनि सरकारले संस्थागत विद्यालय सञ्चालकहरुलाई सधैं छुुद्र व्यवहार गर्ने, लुुटेराको संज्ञा दिइरहने र आफूूलाई सर्वशक्तिमान् ठानेकै कारण आज संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु जीवन र मृत्युुको दोसाँधमा छटपटाउँदै बाँचिरहेको अवस्था छ । 


      यो मेरो आफ्नै व्यथा पनि हो । म एउटा संस्थागत विद्यालयमा पढाउने शिक्षक हुुँ । म अहिले ४० वर्षको भएँ । मैले संस्थागत विद्यालयमा पढाउन थालेको पनि २० वर्ष भयो । मैले आफ्नो सम्पूूर्ण कला , सीप , क्षमता , उमेर र जवानी यही संस्थागत विद्यालयका खर्चिएको छुु । थोरै तलबमा पनि आफ्नो सोखको पेसा भएका तिनै विद्यार्थीहरुको सारथि बन्दा आफूूलाई संसारकै सुुखी एवं खुुसी मान्छेको रुपमा महसुुस गर्दै गएँ । आज मैले ती मेरा विद्यार्थीहरुसँग ४ महिनादेखि भेट्न पाएको छैन । 

उनीहरुले मलाई सुुनाउन भनेर आफ्नो मनमा गुुम्स्याएर राखेका कति तीता मीठा कुुराहरु होलान् तर आज ती सबै अधूूरै रहेको छ । संस्थागत विद्यालय सञ्चालक र सरकारको आआफ्नै दम्भको कारणले गर्दा मेरो विद्यार्थीहरुसँग भेटेर रमाउने ती दिन पनि अब पूूरा नहोला जस्तो छ । सरकार र संस्थागत विद्यालय सञ्चालकलाई मेरो एउटा प्रश्न के अब म र मजस्ता आफ्नो सम्पूूर्ण जीवन यहीँ संस्थागत विद्यालयमा बिताएका शिक्षकहरु खान नपाएर नै मर्नुु पर्ने हो ?  मैले सम्पूूर्ण जवानी त त्यही संस्थागत विद्यालयमा खर्चिएँ । मेरो उर्जाशील समय त्यहीँ व्यतीत भयो । अब मैले यो उमेरमा के पेसा गरौं ? मैले यो बेलामा आफ्नो घरको चुुलो कसरी बालौं ? अन्तिममा  सरकार , संस्थागत विद्यालय सञ्चालक र संस्थागत विद्यालयका विद्यार्थीका अभिभावकहरुलाई मेरो प्रश्न ?

सरकारलाई मेरो प्रश्न ?

सरकार ! तिमीले संस्थागत विद्यालयलाई सधैं सौतेनी व्यवहार गर्ने हो भने संस्थागत विद्यालय सञ्चालन गर्ने अनुुमति किन दियौ ? के तिमीलाई संस्थागत विद्यालयले गुुणस्तरीय शिक्षा प्रदान गर्न पुु¥याएको योगदान थाहा छैन र ? के तिमीलाई संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले थोरै तलबमा काम गर्दा पनि तिमीलाई आफ्नो आम्दानीको कर तिरेका छैनन् र ?

आफ्नो गाँस कटाएर तिमीलाई तिरेको करको परिणाम के हामीले यही पीडा भोग्नलाई हो ? के हामीले आफ्नो गाँस कटाएर तिमीलाई तिरेको करले आफूूले मात्र चौरासी व्यञ्जन खाएर डकार्दा तिमीलाई छाती पोल्दैन  ? आफ्नो गाँस काटेर तिमीलाई कर तिरेका आफ्ना सन्तान यसरी भोकभोकै छटपटाउँदा तिमीलाई आनन्दको निद्रा लाग्न सक्छ ? बेरोजगारी समस्याले गर्दा लाखौं नेपाली छोराछोरीहरु विदेशीको दास बन्न विवश भइरहेको यो अवस्थामा संस्थागत विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूूर्ण योगदान पुु¥याउँदै करिब ३ लाख बौद्धिकवर्गलाई दिएको रोजगारी के तिमीलाई थाहा छैन र ?

प्रतिवर्ष सयौं नेपालीहरुले बेरोजगारी समस्याले गर्दा आत्महत्या गरिरहेका छन् के यी लाखौं संस्थागत विद्यालयका शिक्षकहरुलाई बेरोजगारी बनाएर  यिनीहरुले आत्महत्या गरेको हेर्ने तिम्रो रहर हो ? सरकारी एवं सामुुदायिक विद्यालयको गुुणस्तरवृद्धि गर्न तिमीले नसक्नुुको परिणाम के संस्थागत विद्यालयले भोग्नुु पर्ने हो ? के संस्थागत विद्यालयले राम्रो काम गर्नुु नै उसको पतनको बाटो हो ?  तिमीले के सोचेका छौ, यति ठूूलो बौद्धिक जमात बेरोजगारी भयो भने त्यसै चुुप लागेर बस्लान् ?

कलम तिमीले खोसेपछि ती खाली भएका हातले बन्दुुक उठाए भने ? कुुन संस्थागत विद्यालयको अवस्था कस्तो छ भन्ने कुुराको जानकारी नलिई सबै संस्थागत विद्यालयलाई एउटै दर्जामा राखेर तिमीले गर्ने व्यवहारले पछिको परिणाम कस्तो आउँँछ भन्ने पनि एकपटक सोच्ने पो हो कि ?

संस्थागत विद्यालय सञ्चालक र सरकार ! तिम्रो जुुहारी के हो हामीलाई थाहा छैन , हामीलाई यति थाहा छ सरकार ! तिमी हाम्रा अभिभावक हौ । आफ्ना सन्तान भोकै मरिरहेको एउटा अभिभावक रमाइलो मानेर हेरिरहन्छ भने त्यो सन्तानले खराब बाटो हिंड्न बाध्य हुुन्छ । सरकार ! सम्भावित ठूूलो दुुर्घटना हुुने मैले देखेको छुु , बेलैमा अभिभावकीय भूूमिका निभाउने पो हो कि ? 


संस्थागत विद्यालय सञ्चालकहरुलाई प्रश्न ?

के तपाइँहरुले  आफ्ना शिक्षक कर्मचारीहरुलाई यसरी जागिरबाट निकाल्न मिल्छ  ? के तपाइँको पैसाले मात्रै विद्यालयको गुुणस्तरवृद्धि भएको हो  ? सबै संस्थागत विद्यालय आर्थिकरुपमा सबल नहोलान् तर आफ्नो हैसियत जति छ त्यो पनि तपाइँहरुले शिक्षक कर्मचारीको हितमा नखर्चिएर यतिका दिनसम्म त बौद्धिक शोषण गरेको यथार्थ होइन र ? के यिनै शिक्षकहरुको बौद्धिक पसिनाले तपाइँको विद्यालय सफलताको सोपान चढेको होइन  ? 

तपाइँहरुले जति मुुनाफ खाए पनि के तपाइँको विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहरुले मलाई पनि देऊ भनेर कहिल्यै हात थापेका छन्  ? एकछाक खाएर भए पनि तपाइँको विद्यालयको गुुणस्तरवृद्धि गर्न जीवन अर्पेका शिक्षक कर्मचारीहरुलाई जागिरबाट निकाल्ने यतिसम्मको निर्दयी निर्णय गर्दा तपाइँहरुको मन चसक्क घोचेन ? तपाइँले आफ्ना शिक्षक कर्मचारीको योगदानलाई एक मिनेट पनि गम्भीर भएर सोच्नुु भएन है ? 

आफ्नो सफलताको कारण यिनै शिक्षक कर्मचारी हुुन् भन्ने पनि तपाइँलाई नलागेरै त यतिसम्मको पतित निर्णय गर्नुुभएको होला , हैन र ? तपाइँको अफिसमा झुुन्डिरहेका हाम्रै पसिनाले प्राप्त गरेको सर्टिफिकेट र मेडलहरुले अहिले तपाइँहरुलाई गिज्याइरहेका छैनन् ? एउटा अभिभावकको दायित्व जसरी पनि आफ्ना सन्तानको पेट भर्नुु हुुन्छ होइन र ? आम्दानी भएन भनेर आफ्ना छोराछोरीलाई घरबाट नै निस्केर जा भन्नुु के एउटा असल अभिभावकको धर्म हो र ? सितोपिठो जस्तो जे छ त्यही खुुवाएर अहिले ती छोराछोरी बचाउन सकियो भने न भोलि त्यो सन्ताले आफूूलाई हेर्ला हैन र ? त्यसकारण संस्थागत विद्यालय सञ्चालकहरुले आफ्ना शिक्षक कर्मचारीहरुलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो नसोच्ने पो हो कि ? 


संस्थागत विद्यालयका अभिभावकलाई अनुरोधसहितको प्रश्न ?

तपाइँ हाम्रा छोराछोरी पढ्ने विद्यालय के तपाइँ हाम्रो पनि होइन  ? संस्थागत विद्यालय बचाउनुु हामी अभिभावकको पनि धर्म हो कि ? आफ्ना छोराछोरी पढाउने शिक्षकहरु भोकभोक मर्दै गर्दा ती शिक्षकको ज्यान बचाउनुु हामी असल अभिभावकको दायित्वभित्र पर्छ कि ? आफ्ना छोराछोरीको भविष्य निर्माण गर्न अहोरात्र खटिरहने गुुरुहरु नै कतै आर्थिक अभावले मानसिक रोगी बन्दै त छैनन् , एकपटक हामी अभिभावकहरुले यस कुुराप्रति ध्यान पुु¥याउने पो हो कि ? एकपटक हामी विद्यार्थीका अभिभावकले शिक्षकहरुको पनि असल अभिभावक बनेर सोच्ने पो हो कि ?तपाइँ हामी सबैलाई अप्ठ्यारो परेको यो सङ्कटको घडीमा एकआपसमा घृणा होइन , हातमा हात र काँधमा काँध मिलाउँदै सहानुुभूूति आदान प्रदान  गर्ने पो हो कि ?  



–लेखकः –कमलप्रसाद वाग्ले, समृद्धि खबर पत्रिका र समृद्धि खबर डटकमका भाषा सम्पादक, सुर्यविनायक इ. स्कुल र गैंडाकोट नमूना माविका शिक्षकसमेत हुनुहुन्छ । 




No comments:

Post a Comment

Post Bottom Ad