एकैदिन २ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि - समृद्धि खबर

Pages

Breaking

Saturday, July 18, 2020

एकैदिन २ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

समृद्धि खबर, ३ साउन, गैंडाकोट । 



पछिल्लो २४ घण्टामा विश्वभर अहिले सम्मकै सबैभन्दा धेरै २ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ ।


 डब्ल्युएचओलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन् । यसअघि जुलाई १२ मा सबैभन्दा धेरै १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए ।


डब्ल्युएचओका अनुसार विश्वमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४० लाख हाराहारी पुगेको छ ५ लाख ९० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।








No comments:

Post a Comment

Post Bottom Ad