गैंडाकोटका नगर–प्रमुखको अभिव्यक्तिको विरोध गर्दै कांग्रेसका शुभेच्छुकद्वारा प्रर्दशन - समृद्धि खबर

Pages

Breaking

Friday, July 17, 2020

गैंडाकोटका नगर–प्रमुखको अभिव्यक्तिको विरोध गर्दै कांग्रेसका शुभेच्छुकद्वारा प्रर्दशन

समृद्धि खबर, गैंडाकोट ।
गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेलकोे अभिब्यक्तिलाई लिएर नेपाली कांग्रेसका शुभेच्छुकहरुले अमरापुरीमा विरोध प्रर्दशन गरेका छन् । नगर–प्रमुख छत्रराज पौडेलले नगरबासीलाई अपमानजनक तरिकाले सम्बोधन गर्नुभएको आरोप लगाउँदै शुक्रबार साझँ गैंडाकोट वडा नं. १५ स्थित सोह« नंं. चोकमा विरोध प्रर्दशन भएको हो । 


केहि दिन अघि स्थानीय रेडियोमार्फत (हेल्लो मेयर नामक रेडियो कार्यक्रममा) नगर–प्रमुखले दिएको अन्र्तवाताका क्रममा उहाँले आपत्तिजनक शब्द व्यक्त गर्नुभएको भन्दै कांग्रेसका नेता कार्यकर्ताले विरोध प्रर्दशन गरेका हुन् । 


Add caption

सोहीक्रममा बोल्दै कार्यक्रमका वक्ता एवं कांग्रेसका नेता कार्यकर्ताले नगरप्रमुखको अभिब्यक्तिको कडा शब्दबाट विरोध जनाउँदै आगामी दिनमा यस्ता प्रवृत्ति नराख्न चेतावनी दिएका थिए । 


विरोध प्रर्दशनमा विद्यार्थी नेता गणेशप्रसाद सापकोटाले नगरप्रमुखलाई २४ घण्टा भित्रै अभिब्यक्ति फिर्ता लिनुपर्ने माग राख्नुभएको छ । उहाँले आफुहरुले निर्वाचित गरेको जनप्रतिनिधिले नै आफुहरुलाई हेपाहा प्रवृत्ति जनाएको भन्दै आफुहरु दुःखी बनेको धारणा राख्नुभयो ।


 कार्यक्रममा स्थानीय अगुवा रामप्रकाश सिग्देलले नगरपालिकाका अभिभावले सबै नगरबासीलाई समभावले हेर्न सक्नुपर्ने भन्दै नगरप्रमुखको कार्यशैली र अभिब्यक्तिले सबै नगरबासीलाई दुःखी तुल्याएको भनाइँ राख्नुभयो । कोरोनाको जोखिम रहिरहँदा नगरप्रमुखलाई नगरपालिकाको अभिभावकका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 
Add caption

यस्तैगरी कार्यक्रममा अध्यक्ष भवानीप्रसाद पौडेलले नगरप्रमुख जस्तो गरिमा बोकेको व्यक्तिका शब्दले आफुहरुलाई असैह्य भएकाले फिर्ताको मागसहित प्रर्दशन गर्नुपरेको समृद्धि खबरलाई जानकारी दिनुभयो । 


स्वतन्त्र नागरिक आयोजक भनिएको कार्यक्रमको अध्यक्षता स्थानीय समाजसेवी भवानी प्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस सम्बद्ध स्थानीय नेता कार्यकर्ता, पार्टिबाट विजयी भएका स्थानीय जनप्रतिनिधि एवं पार्टि शुभेच्छुकहरु साथै स्थानीयहरुको उपस्थिति रहेको थियो । 


कोरोनाको जोखिम रहिरहँदा नगरप्रमुखलाई नगरपालिकाको अभिभावकका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न उपस्थित व्यक्तिहरुले सुझाउँ गरेका थिए । नगरप्रमुख पौडेलले रेडियो कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिंदै कुकुर शब्द उच्चारण गरेसँगै नगरपालिका भित्र नेपाली कांग्रेसले फेरी एकपटक कडा विरोध जनाएको छ । 


सोही सन्र्दभलाई लिएर शुक्रबार गैंडाकोटको कांग्रेसचोकमा समेत विरोध प्रर्दशन गरिएको छ । कांग्रेस सम्बद्ध नागरिक अगुवाहरुको आयोजनामा भएको सो कार्यक्रममा नागरिक अगुवा एवं नेपाल विद्यार्थी संघका नेता गोकुल सापकोटा र राजेश पौडेलले सम्बोधन गर्नुभएको थियो । 


प्रकाशित मितिः २ श्रावण २०७७ । 






No comments:

Post a Comment

Post Bottom Ad