नगरपालिकाद्वारा पत्रकार महासंघ नवलपुर शाखालाई एक थान कम्प्युटर सहयोग - समृद्धि खबर

Pages

Breaking

Monday, July 13, 2020

नगरपालिकाद्वारा पत्रकार महासंघ नवलपुर शाखालाई एक थान कम्प्युटर सहयोग

समृद्धि खबर,  गैंडाकोट । 

नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी शाखालाई देबचुली नगरपालिकाले आज एक कार्यक्रमका बीच एक थान कम्प्युटर प्रदान गरेको छ ।


देबचुली नगरपालिकामा आज आयोजित कार्यक्रममा देबचुली नगरपालिकाका नगर–प्रमुख पूर्णकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ पूर्बी नवलपरासी शाखाका अध्यक्ष होमराज रानाभाटलाई हस्तान्तरण गर्नुभएको होे ।


सो क्रममा देबचुली नगरपालिकाका प्रमुख श्रेष्ठले पत्रकारहरु समाजका सच्चा पहरेदार भएकाले उनीहरुलाई थप आत्मबल बढाउन र स्वतन्त्र पत्रकारितामार्फत समाजले नयाँ गति लिन सकोस् भन्ने उद्देश्यले देबचुली नगरपालिकाले पत्रकार महासंघलाई कम्प्युटर सहयोग प्रदान गरेको बताउनुभयो ।


सो अबसरमा पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाटले नवलपुरका पालिकाहरुले पत्रकार महासंघलाई गरेका सहयोग प्रति धन्यबाद ब्यक्त गर्दै देबचुली नगरपालिकाले गरेको सहयोग प्रति आभार ब्यक्त गर्नुभयो ।

–२९ असार ।





No comments:

Post a Comment

Post Bottom Ad