गैंडाकोट नगरपालिकामा, ‘गैंडाकोट नमुना युवा संसद- २०७७’ - समृद्धि खबर

Pages

Breaking

Sunday, July 5, 2020

गैंडाकोट नगरपालिकामा, ‘गैंडाकोट नमुना युवा संसद- २०७७’

समृद्धि खबर, २१ असार २०७७,

गैंडाकोट । गैंडाकोट नगरपालिकामा आजदेखिे ‘‘गैंडाकोट नमुना युवा संसद २०७७’’ सुरु भएको छ । नगरपालिकामा यस अघिका वर्षदेखि हुँदै आएको कार्यक्रमको निरन्तरताका रुपमा नगरपालिका भित्रका युवाहरुले नमुना युवा संसदको अभ्यास फेरि एकपटक गर्न थालेका छन् । 


गैंडाकोट नगरपालिकाको आयोजना र नगरस्तरीय युवा सञ्जाल गैंडाकोटको समन्वयमा आजदेखि ३ दिनसम्म सो कार्यक्रम सुरु भएको हो । कार्यक्रमको आज गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले समुद्घाटन गर्नुभएको छ ।


 युवाहरुलाई संसदीय पद्धतिको अभ्यास गराइने नगरपालिकाको शिक्षा, विज्ञान तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाइँले जानकारी दिनुभएको छ । उहाँले कार्यक्रमका उद्धेश्यमाथि प्रकाश पार्दै युवाहरुलाई सानै उमेरदेखि मुलकभित्र विद्यमान राजनैतिक व्यवस्थाबारेमा जानकारी दिन कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 


कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख छत्रराज पौडेलले युवाहरुले भोलिका दिनका लागि आजैदेखि असल नागरिकका रुपमा नेतृत्व विकास गर्न आग्रह गर्नुभयो । युवाहरु विकासका संवाहक भएकाले पनि उनीहरुका लागि विशेष व्यवस्था गर्ने उहाँको भनाई थियो ।  

विजय सामुदायिक शिक्षा सदनको सभाहलमा शुरुभएको कार्यक्रमको पहिलो दिन आज नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाइँ, शिक्षा अधिकृत मोतिप्रसाद रिजाल, प्रशासकिय अधिकृत पुष्पराज शर्माले संसदीय पद्धतिका विभिन्न पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।


कार्यक्रममा आज उपप्रमुख कंडेलले नगर सभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमको विकास पद्धतिबारे प्रकाश पार्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बजेट निर्माणको प्रक्रिया, कानुनी कुराहरुबारे प्रस्ट्याउनुभएको थियो । 


नमुना संसद्मा नगरपालिकाका १८ वटा वडाका ३६ जना युवाहरुको सहभागिता रहेको युवा सञ्जालका उपाध्यक्ष इन्द्रज्योति पोखरेलले जानकारी दिनुभएको छ ।  कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनका कार्यकारी प्रमुख खेमराज सापकोटा, गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । 






No comments:

Post a Comment

Post Bottom Ad