गैंडाकोटमा सुनचाँदी पसलमा चोरी गरी फरार रहेका ३ जना पक्राउ - समृद्धि खबर

Pages

Breaking

Thursday, July 2, 2020

गैंडाकोटमा सुनचाँदी पसलमा चोरी गरी फरार रहेका ३ जना पक्राउ

"स्थानीयको संलग्नता रहेको तीव्र आशंका"  ,


समृद्धि खबर, १९ असार २०७७, गैंडाकोट । 
करिब ४ महिना अघि पूर्वी नवलपरासीको गैंडाकोट स्थित कांग्रेसचोकको मोनिका सुनचाँदी पसलबाट चोरी गरी फरार ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।


 जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व, ईलाका प्रहरी कार्यालय गैंडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाडांैबाट खटिएको संयुक्त प्रहरी टोलीले उपलब्ध प्रविधिबाट घटनास्थलमा अनुसन्धानको क्रममा देखिएका शंकास्पद मोवाइल नम्वर तथा जनशक्तिको माध्यमबाट चोरी गर्ने व्यक्तिहरुको खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको नवलपरासी पूर्वका एसपी दिपक रेग्मीले जानकारी दिनुभएको छ । 



प्रहरीले दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका १ स्थाई घर भई ललितपुुर महालक्ष्मी नगरपालिका ५ टिकथली राधाकृष्णचोक बस्ने २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक जिल्ला वाह्रबिसे नगरपालिका वडा नं ३ घर भई भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका ८ बस्ने २८ वर्षीय तिर्थबहादुर रुम्बा र काभ्रेपलान्चोक जिल्ला धुलीखेल नगरपालिका वडा नं १२ घर भई भक्तपुर जिल्लासुर्यविनायक नगरपालिका ८ सिपाडोल बस्ने ४० वर्षीय जितबहादुर तामाङलाई पक्राउ गरेको पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरिएको हो ।

 घटनाको मुख्य योजनाकार देखि अन्य केही व्यक्ति पक्राउ गर्न बाँकी नै रहेको उहाँले बताउनुभयो । उनीहरुको साथबाट सुनका विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, चोरीकार्यमा प्रयोग भएका विभिन्न कम्पनीका ६ थान मोवाईल, फोडिएको अवस्थामा सेफ लकर, प्रदेश ३–०२–०१४ नम्बरको नयाँ स्कुटर एक थान, ठेला रिक्सा १ थान, खैरो रंगको कपडाको पाईन्ट एक थान बरामद भएको छ ।


त्यस्तै सेफ फोड्नका लागि गल १ थान, घन १ थान, छिनो २ वटा, टेष्टर १, सलाई रेञ्ची १ , सानो निलो बाल्टी १, ग्याँस रेगुलेटर सहितको अक्सिजन सिडिण्डर १ र सुन राख्न प्रयोग गरिने ट्र ६ थान बरामद भएको छ । पक्राउ परेकाविरुद्ध असार १४ गतेबाट लागु हुने गरी डाँका चोरी मुद्दामा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको काम भइरहेकोे एसपी रेग्मीको भनाई छ । घटनाको अनुसन्धानमा केही समय लागेपनि अव नजिक अजिक पुगेको भन्दै अन्य पनि चाँडै पक्राउ पर्ने बताउनुभयो ।


अनुसन्धानका क्रममा आफू स्वयम् प्रहरीसँग जाँदा प्रहरीले गरेको काम देखेर प्रहरीले अनुसन्धान गर्दैन भन्ने आरोप गलत भएको महसुस आफूलाई भएको पसलका सञ्चालक उमेश गहतराजले बताउनुभयो । उहाँले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैं चोरी गर्दा स्थानीयले पनि साथ दिएको अनुमान आफूहरुले गरेको बताउनु भएको छ ।


गत फागनु १८ गते राती कांग्रेसचोकमा रहेकोे मोनिका सुनचाँदी पसल फोडेर तयारी सुनका गरगहना ६९ तोला ५ लाल सुन र चाँदीका तयारी गरगहना १ किलो तथा नगद ७ लाख राखिएको सेफ लकर सहित चोरी भएको थियो ।



No comments:

Post a Comment

Post Bottom Ad