गैंडाकोट नगरपालिकाको सेवा अवरुद्ध भएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको भन्दै आक्रोस व्यक्त - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 1, 2020

गैंडाकोट नगरपालिकाको सेवा अवरुद्ध भएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको भन्दै आक्रोस व्यक्त

समृद्धि खबर, १७ असार, गैंडाकोट ।


गैंडाकोट नगरपालिकाको सेवा आज अवरुद्ध भएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । विशेषगरी असारको मसान्त नजिकिंदै गर्दा नगरस्तरीय र वडास्तरीय योजनाहरु सम्पन्न भएकाले रकम भुक्तानी गर्नुपर्ने अधिकांश सेवाग्राहीहरु र अत्यावश्यक सेवासुविधा लिनुपर्ने सेवाग्राहीहरुले दुःख व्यक्त गरेका हुन् ।


आज बिहानदेखि नै नगरपालिका अगाडि सेवाग्राहीको भिडभाड लागिरहेको थियो । नियमित जसो यहाँबाट पाइने सेवासुविधा लिन आएका नगरबासीहरुले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।


अझ कामकाजका सिलसिलामा काठमाडौं जानुपर्ने भन्दै पास लिन आएका नगरबासीहरु रित्तै फर्कनुपरेको भन्दै दुःखेसो व्यक्त गरेको गैंडाकोटका एक स्थानीय कमल तिवारीले बताए ।


आर्थिक वर्ष अन्त्यको मिति नजिकिदैं गर्दा बजेटका कामकाज, आन्तरिक कामकाजलगायत अत्यवश्यक कामका सिलसिलामा विभिन्न ठाउँमा जानुपर्नेहरुले सवारी पासको सिफारिस लिनको दैनिक भिड लाग्ने गरेको छ ।





No comments:

Post a Comment

Post Bottom Ad