गैंडाकोट नगरपालिकामा ताला लगाएसँगै सेवा प्रभावित, सेवाग्राहीलाई सांस्ती पुग्यो - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 1, 2020

गैंडाकोट नगरपालिकामा ताला लगाएसँगै सेवा प्रभावित, सेवाग्राहीलाई सांस्ती पुग्यो


;d[l4 va/, u}+8fsf]6, !& c;f/ @)&& .

गैंडाकोट नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेपछि आजका प्रमुख कामकाज प्रभावित भएका छन् ।

 हिजो -मंगलबार_ सातौं नगरसभाबाट नगरप्रमुख छत्रराज पौडेलले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको घोषणा गरेपछि उनिहरुले नगर–प्रमुख पौडेल, उप–प्रमुख विष्णुकुमारी कंडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेका थिए । 


हिजो सम्पन्न नगरपालिकाको सातौं नगरसभाले अगामी आर्थिक बर्ष २०७७ र २०७८ को नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको थियो । उपप्रमुख कंडेल लगायतका काङ्ग्रेसका जनप्रतिनिधिहरुले आफ्ना माग सम्बोधन नभएको भन्दै नगरसभा सकिएपछि नाराबाजीमा उत्रिएका थिए । उनिहरुले बजेटमा आफ्ना माग सम्बोधन हुनुपर्ने बताएका छन् ।


प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि आफ्नो पनि काम नहुने भन्दै कर्मचारीहरु अहिले गेट बाहिरै बसेका छन् । प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले तालाबन्दीका कारण आफू कार्यकक्षमा प्रवेश गर्न नपाएको बताए । उनले भने, ‘म नै कार्यकक्षमा प्रवेश गर्न नपाएपछि अन्य काम पनि हुने कुरा भएन, त्यसैले आज नगरपालिकाको काम ठप्प भएको छ ।’ उनले नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित भएको जानकारी दिए । 


असार मसान्तमा कामको चापाचाप हुने बेलामा नगरपलिकाको काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राहीले असारको अन्तिम समयमा कार्यालयमा तालाबन्दी भएको भन्दै आक्रोस व्यक्त गरेका छन् । 


नगरस्तरिय योजना र वडाका योजनाहरु सम्पन्न भएका अधिकाशं भुक्तानी रोकिएका छन् । आज बिहानदेखि नै नगरपालिका अगाडि सेवाग्राहिको भिड लागेको छ । नगरबासीले भने असार मसान्त नजिकिदैं गर्दा आज कामकाज प्रभावित हुनेगरी चाँबी लगाउनुलाई गैंर जिम्मेवार पूर्ण कार्य भएको टिप्पणी गरेका छन् ।


No comments:

Post a Comment

Post Bottom Ad