अस्पतालमा रगत अभाव हुन नदिन गैंडाकोटमा रक्तदान कार्यक्रम - समृद्धि खबर

Pages

Breaking

Monday, June 22, 2020

अस्पतालमा रगत अभाव हुन नदिन गैंडाकोटमा रक्तदान कार्यक्रम

पूर्णप्रसाद खराल राजन, ८ असार, 

गैंडाकोट । नवलपुर र चितवनका अस्पतालमा रगत अभाव हुन थालेसँगै गैंडाकोटका विभिन्न लायन्स क्लब र लियो क्लबको सामुहिक आयोजनामा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।  


कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला देखिएको रगत अभावलाई पूर्ति गर्ने भन्दै कार्यक्रमको आयोजना गरीएको कार्यक्रम वृहत रक्तदान कार्यक्रमका संयोजक लायन अनिल सापकोटाले जानकारी दिनुभएको छ । 


यहि असार १० गते बुधबार बिहान सात बजे गैंडाकोट काङ्ग्रेसचोक स्थित गैंडाकोट पोलिक्लिनिकको परिसरमा कार्यक्रमको आयोजना हुने आयोजकले जनाएको छ । विषम् परिस्थितिमा आयोजना गरीएको रक्तदान कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्नुहुन सबै रक्तदाताहरुलाई कार्यक्रम संयोजक सापकोटाले सबैलाई आह्वानसमेत गर्नुभएको छ । 






No comments:

Post a Comment

Post Bottom Ad