नवलपुरमा आज थपिए ३ कोरोना संक्रमित / जिल्लामा कुल संक्रमित ३७ पुग्यो - समृद्धि खबर

Pages

Breaking

Tuesday, June 9, 2020

नवलपुरमा आज थपिए ३ कोरोना संक्रमित / जिल्लामा कुल संक्रमित ३७ पुग्यो

समृद्धि खबर, गैंडाकोट, २८ जेष्ठ ।


पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका २ जनासहित नवलपुर (जिल्ला) मा आज ३ जना कोरोना संक्रमित थपिएका छन् ।
भरतपुरमा गरिएको कोरोना परीक्षणका क्रममा गैंडाकोट वडा नंं. १३ का २३ वर्षीय एक पुरुष र गैंडाकोट १४ का अर्को एक २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाइँले जानकारी दिनुभएको छ ।


 यस्तैगरी पोखराको प्रयोगशामा गरिएको परीक्षणका क्रममा देवचुली नगरपालिकाको (वडा नखुलेका) ४० वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज संक्रमण देखिएका ३ जना क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जनाइएको छ । यो सहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १४७ पुगेको छ ।


यो सँगै पूर्वी नवलपरासी (नवलपुर) मा कोरोना संक्रमित व्यक्तिको संख्या ३७ पुगेको छ । जसमध्ये गैंडाकोट नगरपालिकामा ४ जना, देवचुली नगरपालिकामा ६ जना, कावासोती नगरपालिकाका ५ जना, विनयी त्रिवेणी गाउँपालिकाका ५ जना, हुप्सेकोट गाउँपालिकाका ४ जना, बौदीकाली गाउँपालिकामा १२ जना, यस्तै बुलिंगटार गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । जिल्ला भित्रका संक्रमितहरुमध्ये देवचुली वडा नंं. २ मा माइतीघर भएकी २४ वर्र्षीय महिला भने कोरोनालाई जितेर घर फर्किसकेकी छिन् ।





No comments:

Post a Comment

Post Bottom Ad