नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण - समृद्धि खबर

Pages

Breaking

Monday, June 15, 2020

नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण

खगेन्द्र पराजुली, नवलपुर, २ असार । 

आज मंगलवार नवलपुरका ३ जनामा संक्रमण देखिएसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । 


भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा हिजो भएको परीक्षणमा कावासोती नगरपालिका वडा नं. ३ का ३७ वर्षीय पुरुषमा कोभिड १९ को संक्रमण फेला परेको हो । 


यस्तै, पोखरामा भएको परीक्षणमा मध्यबिन्दु १० का १९ वर्षीय एक किशोरमा र बिनयी त्रिबेणी वडा नम्वर २ का १८ बर्षका किशोरमा समेत संक्रमण देखापरेको छ । 


भरतपुरमा नवलपुरबाट पठाईएका स्वावहरुमध्ये गैंडाकोटका २५ र कावासोतीका ५२ गरी ७७ स्वाव परिक्षण भएकामा बाँकी सबै ७६ स्वाव नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 


यस्तै, हिजो नै परीक्षण भएर आज प्राप्त गण्डकी प्रादेशिक प्रयोगशालाको नवलपुरका २६ स्वाब रिपोर्ट नेगेटिभ रहेको छ । 


जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त जानकारी अनुसार विनयी त्रिबेणीका ३ र मध्यबिन्दुका २५ जनाको स्वाव परीक्षण भएको हो ।  


गण्डकीले आज पठाएको स्वावको रिपोर्ट मध्यबिन्दुको २३ गतेको र बिनयी–त्रिबेणीको २६ गतेको हो ।





No comments:

Post a Comment

Post Bottom Ad